चट्याङ लागेर दुईको मृत्यु

चट्याङ लागेर दुईको मृत्यु

विराटनगर, २७ असार÷ विराटनगरको जतुवा स्थित दुई छुट्टाछुटै स्थानमा बुधबार विहान वर्षासँगै परेको चट्याङ लागेर दुई जनाको मृत्यु भएको छ ।

चट्याङ लागेर विराटनगर १८ जतुवा स्थित बयरवनाका ५५ वर्षीय शिवजी यादव र  मोरङ बुधनगर २ धुनीवस्तीका २३ वर्षीय बिक्रम गुरुङको मृत्यु भएको हो ।

घर नजिकै खेत जोतिरहेका यादवको विहान ९ बजे परेको चट्याङले लागेर घटनास्थलमै मृत्यु भएको हो । चट्याङ लागेर यादवसँंगै खेत जोतिरहेका दुईवटा गोरुसमेत मरेकोे प्रहरीले जनाएको छ ।

त्यस्तै विराटनगर १८ जतुवा स्थित नहर नजिकै विहान परेको चट्याङ लागेर गुरुङको घटनास्थलमै मृत्यु भएको हो । गुरुङको घरवाट विराटनगर १८ स्थित एम एम प्लाष्टिक उद्योगमा काम गर्न आउंँदै गरेको अवस्थामा चट्याङ लागेर मृत्यु भएको प्रहरीले जनाएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्