६० वर्षदेखि बस्दै आएको घर टहरा भत्काएको विरोध

६० वर्षदेखि बस्दै आएको घर टहरा भत्काएको विरोध

आफुहरुलाई जानकारी नदिई ६० वर्षदेखि बस्दै आएको घर टहरा र पसल तोडफोड गरेको भन्दै विराटनगर ८ स्थित जिल्ला प्रहरी कार्यालय अगाडीका पिडितहरुले क्षतीपुर्तीको माग गरेका छन् ।

विराटनगरमा बुधबार पत्रकार सम्मेलन गर्दै उनिहरुले बाबु बाजेले २००८ सालदेखि आफ्नै निर्माण सामाग्री प्रयोग गरी बसोबास गर्दै आएको घर,टहरा र पसलहरु जग्गाधनी डाक्टर ज्वालराज पाण्डेले प्रहरी प्रशासनको वल प्रयोग गरी विना सुचना जवरजस्ती भत्काएकोले त्यसवाट भएको क्षतीको क्षतीपुर्ति दिन माग गरेका छन् ।

पत्रकार सम्मेलनमा पिडित गौरी सरकारले भावबिव्हल हुंदै पाण्डे परिवारले कुनै जानकारी नदिई र घर टहरा हटाउने मौका समेत नदिई पुर्खौदेखि बसोवास गर्दै आएको घर , टहरा र पसलहरु हटाउंदा आफु वर्षाको समयमा विचल्नीमा परेकोले क्षतीपुर्तिको लागी पहल गरिदिन संचारकर्मीसंग आग्रह गर्नुभएको छ । नगरपालिकावाट वसोवास समेत कायम गरिसकेको तर आफुहरुलाई विना पुर्जी जर्वदस्ती एक्कासी घर भत्काएर उठिवास लगाएको पिडीत गौरी  सरकार बताउनुभयो ।

पाण्डे परिवारले अदालतवाट भोगचलन गराई पाउं भनी अदालतमा दिएको निवेदन अनुसार जिल्ला प्रहरी कार्यालय मोरङले गएको शनिवार ६ वटा घर, टहरा र पसल भत्काएको थियो । पिडितहरुले पाण्डे परिवारले प्रहरी प्रशासनलाई मोटो रकम ख्वाएर आफुहरुको घर टहरा भत्काउन लगाएको आरोप समेत लगाएका छन् ।

तर यता जग्गाधनी पाण्डे परिवारले आफुहरुको अंश मुद्दा अदालतवाट फैसला भई भोगचलन गराउन प्रहरीलाई आदेश दिए अनुसार उक्त घर टहराहरु भत्काइएको बताउंदै आउनुभएको छ ।

मोरङका एसपी निरज वहादुर शाहीले आफुहरुलाई अदालतवाट चलन चलाउन आउनेलाई सुरक्षा दिन आदेश आएकोले सोही अनुसार सुरक्षा दिएको वताएका छन । उहाका अनुसार वसोवास गर्दै आएकाहरुलाई पटक पटक वोलाएर क्षतिपुर्ति दिने र जग्गा खाली गर्न आग्रह गरिएको भएपनि क्षतिपुर्ति कम भएको भन्दै उनीहरुले छाडन नमानेपछि वल प्रयोग गरि टहरा बतकाएको बताउनुभयो ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्