जिल्ला प्रशासन कार्यालय मोरङले सांढे ६ करोड असुल्यो

जिल्ला प्रशासन कार्यालय मोरङले सांढे ६ करोड असुल्यो

पासपोर्ट वितरण संगै जिल्ला प्रशासन कार्यालय मोरङले आर्थीक वर्ष २०६८/६९ मा  ६ करोड ३६ लाख २० हजार रुपैंया राजश्व संकलन गरेको छ ।

जिल्लाको शान्ति सुरक्षा र सुशासनको जिम्वेवारी लिएको मोरङ जिल्ला प्रसासन कार्यालयले अहिलेसम्मकै बढी राजश्व असुली गरेको हो ।

कार्यालयका लेखापाल गोरखनाथ आचार्यले प्रसासन कार्यालयले यसवर्ष पासपोर्ट वितरणवाट ६ करोड १५ लाख र संघसंस्था दर्ता, दण्ड जरिवाना र अन्य प्रशासनिक दस्तुर वापत २१ लाख २० हजार रुपैंया राजश्व संकलन गरेको जानकारी दिनुभयो । उहांले अघिल्लो आर्थीक वर्षमा प्रसासन कार्यालयले कुल २१ लाख ८० हजार रुपैंयामात्र संकलन गरेकोमा यस वर्ष सरकारले मेशिन रिडेवल पासपोर्ट वितरण सुरु गरेपछि राजश्व संकलन बृद्धि भएको बताउनुभयो ।

यस वर्ष मोरङमा १२ हजार जनाले पासपोर्ट बनाएको कार्यालयले जनाएको छ । जिल्ला प्रसासन कार्यालयले पासपोर्ट, संघसंस्था रजिष्ट्रेशन दर्ता, नविकरण, दण्ड जरिवाना, हातहतियार नविकरण र अन्य प्रशासनिक शिर्षकमा राजश्व संकलन गर्ने गरेको छ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्