चैते धानको उत्पादनमा वृद्धि

चैते धानको उत्पादनमा वृद्धि

मोरङमा यसवर्ष चैते धानको उत्पादनमा बृद्धि भएको जिल्ला कृषी कार्यालय मोरङले जनाएको छ ।

मोरङको कुल खेतीयोग्य जमिन मध्ये १४ हजार १ सय ५० हेक्टरमा यस वर्ष चैते धान लगाइएकोमा ५८ हजार ८ सय ९० मेट्रिक टन उत्पादन भएको कृषि कार्यालय मोरङका योजना अधिकृत बसन्तराज अर्यालले जानकारी दिनुभयो । उहाको अनुसार  अघिल्लो वर्ष १४ हजार हेक्टरमा चैते धानको खेती भएकोमा ५५ हजार ६ सय ४० मेट्रिक टनमात्र उत्पादन भएको जानकारी दिंंदै जनसंख्या बृद्धिसंगै किसानलाईपनि एक बालीले खान लाउन नपुगेपछि चैते धानवालीको क्षेत्र र उत्पादन समेत बृद्धि भएको बताउनुभयो । 

रासायनिक मल, उन्नत विऊ र सिचाइको अभावका कारणपनि किसानहरुले चैते धानको खेतीप्रति आकर्षण मोरङमा बढ्दो देखिएको छ । तर खेती बद्धि भयो भनेर खुसी हुने भन्दा जग्गाको बढी उपयोगीता अर्थात वाली सघनता हुंदा उर्बराशक्ति कम भई अन्य वालीको उत्पादन समेत घटने कृषि कार्यालयका योजना अधिकृत अर्यालले भनाई छ । उहाले जग्गालाईपनि रेष्ट दिनसक्दा उर्बराशक्ति बढ्न गई उत्पादन बृद्धि हुने दावी समेत गर्नुभयो ।  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्