खेलाडीहरुलाई बिदाइ

खेलाडीहरुलाई बिदाइ

जिल्लाका विभिन्न ठाउँमा भएको फुटबल प्रतियोगितामा विजेता हुने महिला खेलाडीहरुलाई मोरङ जिल्ला फुटबल संघले एक कार्यक्रमको आयोजना गरी बुधबार विदाई गरेको छ ।

रौतहटमा साउन ५ गतेदेखि हुने राष्ट्रिय महिला फुटबल प्रतियोगितामा सहभागि हुनका लागी ति खेलाडीहरुलाई विदाइ गरिएको हो । १९ जना खेलाडिहरुको नेतृत्व अखिल जिल्ला फुटबल संघ मोरङका महासचिब उद्धव अर्यालले गर्नुहुनेछ ।

रौतहटमा हुने प्रतियोगितामा २४ वटा जिल्लाका २७ टिमको सहभागिता रहने  अखिल नेपाल फुटबल संघका केन्द्रीय सदस्य बसन्त अर्यालले जानकारी दिनुभयो ।

विदाई समारोहमा पूर्वाञ्चल फुटबल संघका अध्यक्ष सन्तोष बानियाँ, अखिल नेपाल फुटबल संघका केन्द्रीय सदस्य बसन्त अर्याल, नेपाल पत्रकार महासंघ मोरङका अध्यक्ष बिक्रम निरौलालगायतले प्रतियोगितामा अनुशासित तरीकाले खेल प्रदर्शन गर्न महिला खेलाडीहरुलाई आग्रह गर्नुभएको थियो ।  मोरङका महिला खेलाडीहरु आजै (बिहीबार) रौतहट प्रस्थान गर्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्