नेपालमा सम्भावना देखि विदेशबाट फर्केका दुई युवा

नेपालमा सम्भावना देखि विदेशबाट फर्केका दुई युवा

- मोहन भट्टराई

अध्ययन होस् या काम गर्न एक पटक विदेश गए पछि फर्केर नेपाल आउने सोच कमैले राखेको पाइन्छ । विदेशमा नै काम गर्ने र परिवार त्यतै लैजानैहरुको भीडमा अध्ययनसंगै कमाइ गर्ने सोचका साथ विदेश होमिएका विराटनगरका दुई युवाले भने त्यसो गरेनन्, बरु विदेशमा सिकेको सिप स्वदेशमै पोखेर मनग्गे आम्दानी गरेका छन् ।
विराटनगरका माधवनिधि तिवारी र गणेशराज विष्टले चार वर्षमा विदेशमा संगालेको अनुभव र सिपलाई करिव एक वर्ष अघि विराटनगर–१० हाटखोलामा आधुनिक साज सज्जा सहितको ‘दिव्य रत्न खाजा घर’ सञ्चालन गरेका छन् । उनीहरुले दिगो व्यवसायीक सुरुवात गरेर बिदेशमा जस्तोसुकै काम गरे पनि नेपालमा आएपछि त्यो काम गर्न हिचकिचाउने युवाहरुलाई राम्रो सबक सिकाएका छन् । तर, विराटनगरका यी दुई युवाले गरेको सुरुवात सबैको लागि उदाहरणीय काम बनेको छ । प्रस्तुत छ, सन् २००५ मा गएर होटल हिल्टन साइप्रसमा होटल म्यानेजमेन्टमा स्नातक गरी साथै काम समेत गरेर ४ वर्षपछि नेपाल फर्केका तिनै जुझारु युवा मध्येका एक माधवनिधि तिवारी संग गरिएको कुराकानीको संपादित अंश ः
—धेरै मान्छहरु विदेस पढ्न गएर उतै पलायन भइरहेका छन्, तपाईहरुले चाहीं यहाँ के देख्नु भो यहाँ र यत्रो लगानी गर्नु भयो ?
सम्भावना नभएको कन्ट्रि त हैन नी नेपाल । सम्भावना त प्रयाप्त मात्रामा छ । हो, लगानीको सुरक्षा छैन, रिस्क बढी छ । त्यो भनेर सबै जना पलायन भयौं भनें कस्ले काम गर्ने त ? यहाँ फेमेली छ, घर छ सबै यहीं छ भनेंदेखि बाहिर बसेर भएन । विदेशमा संभावना बढी हैन, लगानी कै कुरा गर्ने हो भनें रिस्क त जहाँ पनि छ लगानी गर्नेका लािग । एउटा विदेशीले यहाँ आएर कमायो भनें तपाई जे भन्नुहुन्छ त्यहाँ हामी गएर कमायौं भनें उसले पनि त्यही भन्छ नी । जति कमाएर जति नै जे गरेपनि तपाई अर्को कन्ट्रिमा गएर सेटल नै हुनुभयो भनें पनि त्यो कन्ट्रिको लागि सेकेण्ड क्लासको नागरिक हो । आफ्नै देशमा राम्रो गर्न सकिन्छ भनें हामी त्यहाँ बसेर काम गर्दा किन दोस्रो दर्जाको हुने ? मेहनत गर्ने कुरा हो जहाँ बसेर गरे पनि हुन्छ भनेर हामीले नेपालमै बसेर व्यवसाय गर्ने सोंच बनाएका हौं ।
—यहाँ चाहीं आफ्नो लगानी सुरक्षा हुने वातावरण छ त ?
त्यसो त, अहिले सम्म पनि नेपालमा कुनै लगानिको वातावरण बन्न सकेको पाइदैन । न त सरकारले युवाहरुलाई उत्साहित बनाउने कुनै कार्यक्रम नै ल्याउन सकेको  छ । तर लगानि डुब्ने चुनौति नेपालमा मात्र नभएर विदेशमा समेत छ । नेपालमा बन्द, हड्ताल त्यत्तिकै भइरहन्छ त्यो कारणले गर्दा धेरै नै रिस्क छ । यो स्थितिमा सुधार आउला भनेर हामीले सुरु गरेका हौं ।
—फेरी नेपालीहरुलाई रेष्टुरेन्ट जाने आदत छैन कसरी चल्छ होला तपाईहरुको व्यवसाय ?
आजभन्दा ५ वर्ष अगाडि मान्छेहरु रेष्टुरेन्ट नै जाँदैनथे । धेरै कम मान्छे मात्र जान्थे । अहिले रेष्टुरेन्ट जाने ट्रेण्ड बढेको छ । हामी होटल कै कन्सेप्ट लिएर जाँदैछौं । २÷४ वर्ष पछि होटल नै तयार गर्ने योजना हो । सेन्ट्रल प्रोडक्ट एक ठाउँ गरेर विराटनगरका ५÷७ स्थानमा फुड स्टल, फुड हवहरु राख्ने योजना छ ।
—तपाइहरुसंग कस्ता कस्ता ग्राहकहरु आउने गरेका छन् ?
हामीले कम्प्लिटली लोअरलाई पनि हेरेका छैनौं, अलिकती मिडियम लेवलदेखि हाइ लेवलसम्मलाई समेट्ने गरी फुड तयार गर्ने गरेका छौं । हामीले फुड स्टल राख्दाखेरी लोअर लेवललाई पनि क्याच गर्ने उद्देश्य छ । अहिले चाहीं हाम्रो रेष्टुरेन्टमा मिडियम लेवलका ग्राहकहरुलाई नै प्रारिटी दिएका छौं । अहिले ६÷७ महिना प्रचार प्रसार कै लागि हामीले कष्टहरु न्यूनतम राखेका छौं । हामीले सोचे भन्दा धेरै रेस्पोन्स आइरहेको छ ।
—तपाइहरुले साइप्रसमा बनाउन सिकेको परिकार नेपालका ग्राहकका लागि स्वीटेबल छ त ?
परिकार भन्ने चीज कस्तो हो भनें मान्छेले जहाँको खाना जहाँ बसेर पनि खान्छ । हामीले विभिन्न देशमा पाइने खानाका परिकारहरु राखेका छौं । अलिअलि गर्दै मान्छेलाई टेष्ट चखाउदै छौं । खान्छन् कि खाँदैनन् भन्दा पनि मन पराउनु पर्यो । हामी नयाँ नयाँ चीजलाई इन्ट्रोड्युस गर्दै लगेर मान्छेहरुलाई नयाँ टेष्ट दिउँ भन्ने सोचमा छौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्