जनकपुरधाममा केआईआईटीका विद्यार्थीहरुले लगाए वी वान्ट जस्टिसको नारा

<span class='c1'>जनकपुरधाममा केआईआईटीका विद्यार्थीहरुले लगाए</span> <span class='c2'>वी वान्ट जस्टिसको नारा</span>

जनकपुर । जनकपुरधाम केआईआईटीका विद्यार्थीहरुले जुलुस निकालेका छन् ।

भारतको ओडिसा राज्यको राजधानी भुवनेश्वरस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजीमा अध्ययनरत धनुषाका तीन दर्जनबढी विद्यार्थीहरुले शनिबार जनकपुरधाममा विरोध जुलुस निकालेका छन् ।

प्रकृति लम्सालको हत्या र नेपाली विद्यार्थीहरुमाथि भएको दुर्व्यवाहरप्रति नेपाल सरकारले खेल्नु पर्ने भूमिका सन्तोषजनक नरहेको भन्दै विद्यार्थीहरुले विरोध स्वरुप जुलुस निकालेका छन् । उनीहरुले वी वान्ट जस्टिस, नेपाली विद्यार्थी कुट्न पाइदैन, नेपाल सरकार ध्यान दे, केआईआईटी युनिभर्सीटि मुर्दाबाद लगायतका नारा लगाउँदै जनकपुरधामस्थित जानकी मन्दिर प्राङगनबाट जुलुस निकालेर नगर परिक्रमा गरेका छन् ।

विद्यार्थीहरुले दुबै देशबीच समन्वय भइसकेको भन्ने समाचारमा आएतापनि आफूहरुले अहिलेसम्म कुनै लिखित रुपमा पत्र वा मेल प्राप्त नगरेकाले, सुरक्षाको अनुभुती हुन नसकेको बताए । उनीहरुले सुरक्षा र पढाइको ग्यारेन्टि नहुनजेल र लिखित रुपमा कुनै प्रमाण नपाउनजेल भारत नफर्किने जानकारी दिए ।

प्रकृति लम्सालले आत्महत्या गर्नुमा कलेज नै प्रथम दोषी भएको विद्यार्थीहरुको आरोप छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्