क्रान्तिकारी पत्रकारको अध्यक्षमा घिमिरे निर्वाचित

क्रान्तिकारी पत्रकारको अध्यक्षमा घिमिरे निर्वाचित

मोरङ, १६ भदौ । क्रान्तिकारी पत्रकार संघ मोरङको दोश्रो जिल्ला सम्मेलनबाट अध्यक्षमा विनाद घिमिरे निर्वाचित भएका छन् ।
पत्रकार महासंघ मोरङको शाखा कार्यालय विराटनगरमा सम्पन्न भेलाले घिमिरेको अध्यक्षतामा १९ सदस्यीय जिल्ला समितिको निर्माण गरेको हो । समितिका अन्य पदाधिकारीहरुमा उपाध्यक्षद्धय सुरेश कार्की, मोहन भट्टराई, सचिव अर्जुनकुमार आचार्य, सह–सचिव सोखिन वान्तवा, कोषाध्यक्ष बाबुराम मुडियारी निर्वाचित भएका छन् । सदस्यहरुमा सरोज बस्नेत, विवेक मिश्र, बिनु तिम्सिना, प्रेम देवान, अनिल श्रेष्ठ, सुशिला पाठक, नारायण पौडेल, श्रीमन्त भट्टराई, वासु पौडेल, सरस कट्टेल, उमेश राउत र अनिता धिमाल रहेका छन् । १ जना सदस्य भने पछि चयन गर्ने सम्मेलनले निर्णय गरेको छ ।
सम्मेलनले श्रमजीवि पत्रकार ऐन कार्यान्वयनका लागि दबाब दिने, पत्रकारको स्तर उन्नतीको लागि तालिम सञ्चालन गर्ने, पत्रकारको आर्थिक भौतिक सुरक्षाका लागि हुने जस्तोसुकै आन्दोलनमा सक्रिय सहभागीता हुने, शान्ति र संविधान निर्माणका लागि दबाब सिर्जना गर्ने, जनवाद, जनतन्त्र, जनजिविका तथा राष्ट्रियताको मुद्दालाई प्राथमिकता दिने निर्णय समेत गरेको छ ।
प्रमुख अतिथि नेपाल पत्रकार महासंघ केन्द्रिय महासचिव ओम शर्माले उद्घाटन गरेको सम्मेलनमा सम्मेलन आयोजक समितिका संयोजक गणेश लम्सालले प्रस्तुत गरेका थिए । क्रान्तिकारी पत्रकार संघ नेपाल मोरङको नीति, कार्यक्रम प्रतिवेदन तथा विनोद घिमिरेले प्रस्तुत गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्