एक रक्तसमुहको विरामीलाइ अर्कै समुहको रगत

एक रक्तसमुहको विरामीलाइ अर्कै समुहको रगत

रेडक्रसको लापर्वाहीको कारण एउटा रक्त समूहको बिरामीलाई अर्को रक्त समूहको रगत चढाउदा बिरामीको झण्डै ज्यान गएको छ । कोशी अञ्चल अस्पतालमा भर्ना भएका बलराम साहको रगत एबी पोजेटिभ रहे पनि रेडक्रस रक्तसंचार सेवा बिराटनगरले बी पोजेटिभ रगत दिएको थियो । एक पिन्ट रगत चढाईसके पछी अर्को पिन्ट रगत लिनजाँदा बिरामीको बास्तबिक रगत समूह एबी पाजेटिभ भएको देखिएको थियो ।
यसैगरी न्यूरो अस्पताल बिराटनगरमा उपचार पनौति परियार शुरुमा ओ पाजेटिभ रगत दिइएको थियो तर पछी थप रगत लिन जादा परियारको ए पोजेटिभ भन्ने खुलेको थियो ।कुनै पनि बिरामीलाई जुन समूहको रगत चाहिएको हो सोही समूहको रगत क्रसम्याच गरेर मात्र दिइने प्राबिधिक अधिकृत राजेन्द्रप्रसाद निरौला बताउछन् ।तर ब्लड बैंकले दिएको रगत नै फरक भई बिरामीलाई चढाई सकेको अबस्थामा रेडक्रसले सेवामा लापर्वाही गरेको देखिएको पब्लिक फोरमका अध्यक्ष उत्तम ढुंगेलले बताए ।
एउटा समूहको बिरामीलाई अर्को समूहको रगत दिएमा ज्यान जोखिममा हुने डाक्टरहरु बताउछन् ।साह तथा परियारको ज्यान नगएपनि परक रगत दिंदा उपचारमा समस्या आएको थियो । फेरी रगत कमी भएको भन्दै पहिलेकै समूहको रगत चढाएको भए बिरामीको स्वास्थ्य झन खराव हुनजाने बिज्ञहरु बताउछन् । सिधै ए समूहको लाई बी र बी समूहको लाई ए समूहको रगत परेको भए एक पिन्ट चढाउदा नै बिरामीलाई गम्भीर असर भई ज्यानै जानसक्थ्यो तर आफ्नो बिरामीको त्यस्तो नभएकोमा बच्न सफल भएको साहका आफन्त शम्भुले बताए ।
नाताबाद र राजनीतिक हस्तक्षेपको कारण अपाङ्ग बनेको मोरङ रेडक्रसको सेवा भरपर्दो नहुदा सर्वसाधारणले सास्थी खेप्नु परेको छ । यही कारण सस्तो मूल्यमा कमिसनमा रगत परीक्षण सामाग्री ‘टेस्ट किट’ खरिद गरेको कारण रगत परीक्षण रिपार्ट गलत आई यस्ता समस्या आउने गरेको रक्तसंचारका कर्मभारीको गुनासो छ ।
पूर्ब मंत्री आमोद उपाध्याय तथा नेपाली कांग्रेस मोरङका सभापति अमृत अर्यालको ठाडो हस्तछेपको कारण मोरङ रेडक्रसको कामप्रति प्रश्नचिन्ह उठ्ने गरेको छ । उपाध्यायले आफ्नो भाई मनोज तथा मनोजका साला एवम् सहायकहरु रेडक्रसमा नियुक्त गरिएका छन् ।यता अर्यालका पनि भतिज बैभव , भतिजी प्राश्नालगायत आफन्त र कार्यकर्ता भर्ना लगाईको रेडक्रसकर्मी राजकुमार राजबंशीले स्पष्ट पार्नु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्