ख्याती श्रेष्ठको सम्झनामा वर्ष सम्मान प्रदान

ख्याती श्रेष्ठको सम्झनामा वर्ष सम्मान प्रदान

विराटनगर, २९ भदौ । चार वर्ष अघि काठमाडौंमा हत्या भएकि ख्याति श्रेष्ठको सम्झना तथा बाल दिवसको अवसर पारेर शिद्धार्थ शिशु सदन उच्च माविले विशेष कार्यक्रमको आयोजना गरेको छ । सो अवसरमा प्रत्येक वर्ष प्रदान गरिने स्व. ख्याती श्रेष्ठ स्मृती एस.एल.सी वर्ष सम्मान पुरस्कार यस वर्ष एस.एल.सी मा छात्रा तर्फबाट उत्कृष्ठ अंक ल्याउने इरु प्याकुरेललाइ प्रदान गरिएको छ । उनलाइ विद्यालयका संस्थापक निर्देशक विद्यासागर रोबर्ट शर्माले प्रमाण पत्रका साथै एघार हजार एक सय एघार रुपैयाले सम्मान गरेका थिए ।
यसै गरि बाल दिवसको अवसरमा आयोजना गरिएको कार्यक्रममा सो विद्यालयका वालवालिकाहरुका लागि साँस्कृतिक नृत्य, गायन तथा खेलकुदलगायतका प्रतियोगिता आयोजना गरिएको थियो । कार्यक्रममा हाजिरि जवाफ, हिज्जे प्रतियोगिताहरु आयोजना गरिनुका साथै वर्ष भरि भएका प्रतियोगिताहरुको पुरस्कार समेत वितरण गरिएको शिक्षक रुद्र बुढाथोकिले बताए । बालबालिकाहरुको प्रतिभा प्रस्फुटन गराउने उद्देश्य अनुरुप आयोजना गरिएको उक्त कार्यक्रममा सय भन्दा बढि विद्यार्थीहरुलाइ पुरस्कार प्रदान गरिएको उनले जानकारी दिए ।
कार्यक्रममा विसं २०३३ सालमा स्थापना भएको विद्यालयले गुणस्तरीय शिक्षाका साथसाथै अतिरिक्त क्रियाकलापहरुमा समेत ध्यान दिदै आएको संस्थापक निर्देशक शर्माले जानकारी दिए । उनले यसक्रमलाइ भविष्यमा समेत निरन्तरता दिदै वैज्ञानिक शिक्षा पद्दतिलाइ लागु गर्ने दाबी गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्