छुवाछुत विरुद्धको यात्रा टोली विराटनगरमा

छुवाछुत विरुद्धको यात्रा टोली विराटनगरमा

-शशांक पौडेल

सबै राजनीतिक दल एक भए नेपाली समाजबाट छुवाछुत अन्त्य हुने सरोकारवालाहरुले विश्वास ब्यक्त गरेका छन् ।
सनिबारबिराटनगरमा आयोजीत जातीय विभेद तथा छुवाछुत अन्त्यका लागि सरोकारवालाहरुको भूमिका बिषयक कार्यक्रममा बोल्ने बक्ताहरुले यस्तो बताएका हुन् । उनिहरुले समाजबाट छुवाछुत हटाउन राजनीति दलको भूमिका मुख्य रहेको बताएका छन् ।
छुवाछुत अन्त्यका लागि राष्ट्रिय दौडाहामा निस्केको २७ सदस्यीय सामूहिक टोलीसँग आज विराटनगरमा अन्तरक्रिया कार्यक्रम गरिएको हो ।
रमेश अधिकारीको नेतृत्वमा तेस्रो दिनको कार्यक्रम अन्र्तगत मोरङ आईपुगेको २५ सदस्यीय टोलीले देशका ३७ वटा जिल्लामा छुवाछुत अन्त्यका लागि अन्तरकिया गर्ने बताइएको छ ।
अन्तरक्रियामा बोल्दै राष्ट्रिय मानव अधिकार आयोग क्षेत्रीय कार्यालय विराटनगर प्रमुख कोषराज न्यौपानेले अभियानले छुवाछुत अन्त्यका लागि प्रभावकारी भूमिका खेल्न सक्ने बताउनु भयो ।

प्रमुख जिल्ला अधिकारी तारानाथ गौतमले छुबाछुत बिरुद्धको अभियान निरन्तर चलाउनु पर्ने धारणा राख्नु भयो । उहाँले अभियान जारी राख्नु पर्ने धारणा राख्नु भयो ।
यस्तै मोरङ प्रहरी प्रमुख निरज बहादुर साहीले छुबाछुत बिरुद्धको जाहेरी वा उजुरी आए शुक्ष्म रुपमा अध्ययन गरि कार्बाही अगाडी बढाउने बताउनुभयो ।
एमाले मोरङ सचिब महेश रेग्मी राजनितीक दलले छुबछुत अन्त्यका लागी कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता जनाउनु भयो ।
टोलीले भोली सप्तरीको राजविराजका छुवाछुत विरुद्धको अभियानमा लागेका संघ संस्थासँग अन्तरक्रिया गर्ने जनाएको छ ।
छुवाछुत विरुद्धको राष्ट्रिय टोलीलाई मोरङका कोप्याक,इन्सेक,ओरेक नेपाल,एड्भोकेसी फोरमसहित १० वटा संस्थाले सहयोग गरेका छन् ।
३९ वटा छुवाछुत विरुद्धका संघसंस्थाको सहयोगमा टोली देश दौडाहामा निस्केको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्