परीक्षा सार्नुपर्ने माग राख्दै विद्यार्थी आन्दोलित

परीक्षा सार्नुपर्ने माग राख्दै विद्यार्थी आन्दोलित

आफनो भविष्यमाथि खेलवाड भएको भन्दै पूर्वाञ्चल विश्व विद्यालयका अन्र्तगतका आङगिक कलेका विद्यार्थी आन्दोलित भएका छन् ।

पाठयक्रम पुरा नगरी विद्यालयले सात महिनामै शिक्षा शास्त्रको स्तनाकोतर तहको दोस्रो बर्षको परीक्षा लिने तयारी गरेपछि विद्यार्थीहरु आन्दोलित भएको हो ।

विद्यार्थीहरुले आफनो माग पुरा नहुन्जेलका लागि पीयूबाट सम्बन्धन पाएका विराटनगरको इडेनवर्ग र विराटनगर १४ मा रहेको कलेज रोडमा रहेको अन्नपूर्ण कलेजमा अनिश्चतकालको तालाबन्धी गरेको विराटनगरमा विद्यार्थीहरुले सोमबार पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिएका छन् ।

पूर्वाञ्चल विश्वविद्यालयबा सम्बन्धप्राप्त कलेजका विद्यार्थीले परीक्षा सार्नुपर्ने माग राख्दै अन्दोलन स्वरुप सोमबार पनि परिक्षा नियन्त्रण कार्यलयमा धर्ना दिएका थिए । विद्यार्थीले नियन्त्रण कार्यालयमा नारावासी गर्दै चार घण्टा धर्ना समेत दिएको संघर्षसमतिका अध्यक्ष सन्जय कामतले जानकारी दिनुभयो । उहाको अनुसार पूर्वाञ्चल विश्वविद्यायका प्रध्यापक र आन्दोलित विद्यार्थीहरु बिच आइतबार बसेको बैठक समेत निश्कर्षविहन भएको थियो । विद्यर्थीहरुले कोष पुरा नभएकोले गर्दा २ महिना परिक्षा सार्नुपर्ने भन्दै उनीहरुले शिक्षा कार्यालयमा ज्ञापन पत्र समेत बुझाएको बताएका छन् ।

विद्यार्थीहरुले विश्व विदालयले समय अगाडी नै चाहिने सन्र्दभ सामाग्रीको कोष नसकिएको भन्दै विद्यार्थीले आक्रोश समेत पोखेका थिए ।

पूर्वाञ्चल विश्व विद्यालयका अन्र्तगतका आङगिक कलेका ४ सय विद्यार्थी अध्यन्तर रहेका छन्  । विद्यार्थीहरुको माग पुरा नभएको विभिन्न चरणको अन्दोलनगर्ने चेतवनीसमेत दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्