दश हजार लिंदै नियुक्ति गर्दै

दश हजार लिंदै नियुक्ति गर्दै

नेपाल रेडक्रस सोसाइटी मोरङ शाखाले दशहजार रकम लिंदै नया“ कर्मचारी नियुक्ति गर्न थालेको छ । क्षमता र प्रतिष्पर्धालाई लत्याई आफन्त र कार्यकर्ता भर्ती गर्दै आएको रेडक्रस मोरङले अब उनिहरूसंग प्रतिव्यक्ति दश हजार जम्मा गरेपछि मात्र नियुक्ति दिन सुरु गरेको हो ।

हालै सुनसरी रामगञ्ज वेलगछियाका विनोद उराउलाई दशहजार रुपैयाँ लिएर प्राविधिकमा नियुक्त गरेको छ । एक महिना अघिमात्र जागिर खान सुरु गरेका का“शीनाथ माझी र दिपक पण्डीतले पनि दश –दश हजार रुपैया“ दिएर रेडक्रस रक्तसञ्चार सेवामा प्राविधिक काम गर्न सुरु गरेका छन् । एक बर्ष देखि काम गर्दै आएका विनीता विश्वास, सुस्मीता विश्वास, पोषराज रेग्मी, मिनु राई, राजु राजवंशी, दिपेश राजवंशी, जितेन्द्र देवसंग पनि हालै रकम लिएको छ ।  पाँच बर्ष अघि लिखित र मौखिक अन्तर्वार्ताबाट छनौट भएका प्राविधिक आशाराम माझी र ओमप्रकाश मण्डलसंग पनि दशहजार रकम लिएको छ ।

अस्थायी रुपमा कार्यरत भएकोले रकम तिर्न माग गरेपछि आफूहरूले तिरेको उनिहरू बताउँछन् । मानवीय सेवाको रुपमा कार्यरत रेडक्रसले प्रतिश्पर्धालाई तिलाञ्जली दिई भनसुनको आधारमा जागिर दिने भनेको स्वास्थ्य सेवाप्रति खेलवाड गरेको रक्तदाता लवकुमार ताम्राकारको गुनासो छ । नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य आमोद उपाध्याय र नेपाली कांग्रेस मोरङका सभापति अमृत अर्यालको ठाडो हस्तक्षपको कारण रेडक्रसप्रति सर्वसाधारणको गुनासो बढेको हो  ।

यसैवीच रक्तसञ्चार सेवा विराटनगरले हालै दुई थान फ्रिज खरिद गर्दा अनियमितता गरेको आशंका गरिएको छ । ६५ हजारमा खरिद गरिएको भनिएको  एलजी फ्रिज प्रयोग गर्नासाथ विग्रीएपछि खरिद प्रकृयामा अनियमितता भएको आशंका गरिएको छ । रक्तसञ्चारमा दातृ संस्थाहरूले दिएका पुराना फ्रिजहरू सामान्य मर्मत गर्दा पनि हुने अवस्थामा नया“ खरिद गर्नु बेठीक भएको रक्तदाता लक्ष्मण पोख्रेल बताउँछन् । यसभन्दा अगाडि विदेशी दातृ निकायले दिएमात्र रक्तसञ्चारले फ्रिज लिने गरेको थियो । तर यसपटक रक्तसञ्चारले आाफूसंग प्रयाप्त रकम भएको देखाउँदै ठूलो रकममा फ्रिज किनेको हो ।
फ्रिज किन्ने सिलसीलामा रक्तसञ्चार सेवाका प्राविधिक अधिकृत विनोदकुमार मिर्धा र रेडक्रस मोरङ शाखाका मन्त्री सुवोध सिंहबाट अनियमितता भएको आशंका गरिएको छ । उपभोक्तावादी संस्था पव्लीक फोरमका अध्यक्ष उत्तम ढुंगेलले रेडक्रसबाट विरामीहरूलाई दिनुपर्ने सेवा उत्कृष्ट र भरपर्दो हुनु पर्नेमा असक्षमबाट गरिएको काम दुःखदायी हुने बताउ“दै यस्ता कृयाकलापको सबैले विरोध गर्नुपर्ने बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्