निरन्तर सिकाई मुल्याङ्कन विधि लागु भएन मोरङमा

निरन्तर सिकाई मुल्याङ्कन विधि लागु भएन मोरङमा

शशांक पौडेल

बिराटनगर असोज ४ ,  कक्षा ४ सम्मका विद्यार्थीलाई निरन्तर सिकाई मुल्यांकन विधिवाट बालबालीकाको मुल्यांकन गर्नु पर्ने भए पनि मोरङमा अझै लागू हुन सकेको छैन ।
पाठ्यक्रममा निर्धारण भए अनुसार कक्षा ४ सम्मका विद्यार्थीलाई निरन्तर मुल्यांन बिधिवाट ५० र लिखित ५० प्रतिशत गरि विद्यार्थीको शैक्षीकस्तर मुल्यांन  गर्नु पर्ने छ । तर अधिकासं विद्यालयले अझै निरन्तर सिकाई मुल्यांकन विधि नपनाएको एजुकेसन हेल्पलाइनका अध्यक्ष राजेन्द्र ढकालले बताउनु भयो । शिक्षकहरुले  गैह्रजिम्मेबार भएर बालबालीकाको भबिस्य माथि खेलबाड गरिरहेको उहाँले बताउनु भयो । जिल्ला बाल कल्याण समितीका सदस्य समेत रहनु भएका ढकालले जिल्ला शिक्षा कार्यालय मोरङले बेवास्ता गर्दा लागु गर्न नसकिएको बताउनु भयो ।
यता जिल्ला शिक्षा कार्यालयले भने मुल्यांकन बिधि लागु गर्न पहल गरिरहेको जनाएको छ । कार्यालयका उपसचिब उपेन्द्र दाहालले शिक्षकहरुको लापर्बाहीले गर्दा समस्या भएको बताउनु भयो । उहाँले विगतको बर्षमा भन्दा केही हद सम्म सुधार भएको जानकारी दिनु भएको छ ।
उपसचिब दाहालले शिक्षकहरुलाई यस बर्षदेखि तालिम दिएर दक्ष बनाइएको बताउनु भयो । उहाँले विद्यालयमा सिकाई मुल्यांकन विधि अनुसार मुल्यांकन गर्न बजेटको समेत ब्यबस्था गरिएको बताउनु भयो ।
निरन्तर सिकाई मुल्यांकन विधि अनुसार विद्यार्थीहरुलाई प्रत्यक पाठको मुल्यांकन गर्नु पर्ने ब्यबस्था रहेको छ । पाठ प्रत्यक मुल्यांन गर्नु पर्ने हुदाँ झन्झटिलो हुने भन्दै शिक्षकहरु पन्छिने गरेका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्