दशैं आयो,फेरी बजार अनुगमन सुरु

दशैं आयो,फेरी बजार अनुगमन सुरु

जिल्ला अनुगमन समिति मोरङले यहाँको बजार अनुगमन थालेको छ । हिजो बुधबार उक्त समितिमा आवद्ध गुणस्तर तथा नापतौल क्षेत्रीय कार्यालय विराटनगर, जिल्ला प्रशासन कार्यालय, प्रहरी, उपभोक्तावादी संगठन, उपमहानगरपालिका र विभिन्न राजनितिक पार्टीका संगठनका प्रतिनिधिहरुले विराटनगर बजारको अनुगमन गरेका छन् । अनुगमनको क्रममा यहाँको मासु पसलको अनुगमन गर्दै अधिकांश मासु पसलले अनुमति पत्र नलिएरै ढक तराजुको प्रयोग गरेको पाइएको सो समितिले जनाएको छ । बुधबार बजार अनुगमन गर्दा सिताराम फुटवेयर, राम अवतार सिंहको मासु पसल, जे.के. ट्रेडर्स, आरुषि किराणा पसल, पाथिभरा फ्रेस हाउस, फिरोज मासु पसल लगायतले अनुमति विना नै ढक तराजुको प्रयोग गरिएको पाइएको थियो । प्राय जसो दशैंको समयमा मात्र गरिने यस्ता अनुगमन अरु समय सेलाउने गरेको पाइन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्