इन्टरनेट र साहित्यबारे विराटनगरमा पहिलो पटक वेबिनार

इन्टरनेट र साहित्यबारे विराटनगरमा पहिलो पटक वेबिनार

इस्ट आइटि कम्युनिटिको आयोजना तथा साझा प्रकाशनको बृहत पुस्तक प्रदर्शनीको अवसरमा नेपाली साहित्य र इन्टरनेट विषयक वेबिनार (इन्टरनेटको माध्यमबाट गरिने सेमिनार) सम्पन्न भएको छ ।

कार्यक्रममा अनुप न्यौपानेले नेपाली साहित्य र इन्टरनेटको अवस्था तथा परिचय प्रस्तुत गरेका थिए । यसै गरि ब्रुनाइबाट विश्वादिप तिगेलाले शिर्षकमा कार्यपत्र प्रस्तुत गरेका थिए जसमा रसियाबाट साहित्यकार मधुमाधुर्यले टिप्पणी गरेका थिए ।

कार्यक्रममा काठमाडौबाट प्रमुख अतिथि गितकार रमेश पौडेल र कार्यक्रम सभापति इस्ट आइटि कम्युनिटिका अध्यक्ष चिरञ्जीवि लम्साल इन्टरनेटको सहायतामा उपस्थित भएका थिए । कार्यक्रममा दर्शक तथा साहित्यकार खेम नेपालीले प्रविधिको प्रयोगले मानिस यन्त्र मानव बन्दै गएको त हैन भन्ने शंका व्यक्त गरेका थिए । यद्यपी उनले कार्यक्रमको सह्राहना गर्दै कार्यक्रमले इन्टरनेट र नेपाली साहित्यको क्षेत्रमा नयाँ सुरुवात गरेको बताए ।

कार्यक्रममा विश्वभरका साहित्यकारहरुलाइ स्काइपको मदतबाट एकै स्थानमा उपस्थित गराइएको थियो भने कार्यक्रम स्थलमा दुइवटा प्रोजेक्टर राखेर उपस्थित दर्शकमाझ देखाइएको थियो । कार्यक्रमको विश्वभर प्रत्यक्ष प्रशारण इस्ट आइटि कम्युनिटिको वेबसाइटका साथै आवर विराटनगर डटकमबाट गरिएको थियो ।

कार्यक्रममा प्रस्तुत कार्यपत्र पढ्न यहाँ क्लिक गर्नुहोस

internet and literacy biratnagar sajha book (1)internet and literacy biratnagar sajha book (3)internet and literacy biratnagar sajha book (2)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्