अपहरणबाट छुटाउन धार्मिक अनुष्ठान

अपहरणबाट छुटाउन धार्मिक अनुष्ठान

gangabishan-rathi-copyकरिब ३ सातादेखि बेखबर रहेका विराटनगरका प्रतिष्ठित उद्योगि एवं समाजसेवी गंगाविशन राठीको सकुशल रिहाइ होस् भन्ने कामना गर्दै बुधबार विराटनगरमा राठीको नाममा धार्मिक अनुष्ठान गरिएको छ । विराटनगर स्थित सत्यनारायण मन्दिरमा ५० वटा धार्मिक तथा सामाजिक संघ संस्थाको संयुक्त आयोजनामा उक्त अनुष्ठान गरिएको आजको जनविद्रोह दैनिकले समाचार छापेको छ ।

अनुष्ठानमा १६ जना पण्डितहरुले पुजापाठ, हवन एवं मन्त्र जाप गरेका थिए । आधा दर्जन उद्योगका सञ्चालक एवं नेपाल-भारत मैत्री संघका अध्यक्ष राठी भारतको सिलिगुडि जाने क्रममा बाटोबाटै अपहरणमा परेको आशंका व्यक्त गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्