नेताले साहित्य पढ्नै पर्ने

नेताले साहित्य पढ्नै पर्ने

साझा प्रकाशनको आयोजनामा विराटनगरमा भइरहेको दश दिने पुस्तक प्रदर्शनीमा बुधबार भएको "राजनिति र कला साहित्य"विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै मोरङका नेताहरुले असल नेताको प्रमुख गुणमा साहित्य पढ्नु पनि एक रहेको बताएका छन् । कार्यक्रममा नेताहरुले समाज, साहित्य, दर्शन, इतिहास र विज्ञान वुझेको व्यक्ति मात्र सफल नेता हुने जनाउदै नेताहरुमा पठन संस्कृति आवश्यक रहेको बिचार व्यक्त गरेका थिए । आरोहण गुरुकुलको संयोजनमा गरिएको उक्त अन्तरक्रिया कार्यक्रममा नेकपा एमाले मोरङका अध्यक्ष महेश रेग्मी, नेपाली काङ्ग्रेस मोरङका सभापति अमृत अर्याल, नेकपा-माओवादीका मोरङ जिल्ला इन्चार्ज कुशल लिम्बु, एनेकपा एमाले जिल्ला इन्चार्ज सुशिल उप्रेति र मधेशी जनअधिकार फोरम लोकतान्त्रिकका जिल्ला अध्यक्ष चुमनारायण तवदारको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्