जैशी बाहुन भएको थाहा पाँउदा विवाह रद्द

<span class='c1'>जैशी बाहुन भएको थाहा</span> <span class='c2'>पाँउदा विवाह रद्द</span>

विवाह छिनोफानो भइ फुलमाला भइसकेपछि विराटनगरका एक परिवारले केटि तल्लो जातको ब्राह्मण भएको भन्दै विवाह अस्विकार गरेका छन् । विराटनगर ११ मधुमाराकि न्यौपाने थरकी युवतीसँग माघ १५ गते विवाह गर्ने टुङ्गो भइ फुलमाला पछि विराटनगर ४ का रुद्र प्रसाद दाहालका छोरा रोजन दाहालले केटि जैशी बाहुन भएको भन्दै विवाह अस्विकार गरेका हुन् । हाल रोजन दाहाल फरार छन् भने केटि पक्षको उजुरी पछि पक्राउ परेका बुबा रुद्रप्रसाद दाहालले फुलमालाको भोलि पल्ट नै छोरा घरबाट हिडेको बताए । केटाको आमाले जैशी बुहारी घरमा हुल्न नदिने अडान लिएपछी विवाह रद्द गरेको जानकारीमा आएको छ । उता फुलमाला पछी विवाह अस्विकार हुँदा आफ्नो सामाजिक साख गिरेको तथा छोरीलाइ मानशिक असर परेको भन्दै केटि पक्षले जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्