गैरसरकारी संस्था महासंघ नेपाल पुर्वाञ्चल क्षेत्रिय समितिले आफ्नो पाँचौ अधिवेशन तथा दशौं साधारणसभा सम्पन्न गरेको छ । पुर्वाञ्चलका १६ वटै जिल्लाका प्रतिनिधिको सहभागिता रहेको साधारणसभामा सहभागीले आफ्ना सेवालाइ अझ परिष्कृत गर्दै लग्ने विषयमा जोड दिए ।
अधिवेशन तथा साधारणसभाको मोरङका प्रमुख जिल्ला अधिकारी तारानाथ गौतमले उद्घाटन गरेका थीए । कार्यक्रममा एमालेका मोरङ अध्यक्ष महेश रेग्म, प्लान नेपालका कालुमान राइ, नेपाल महिला संघकि अध्यक्ष गिता सिलवाल, गैरसरकारी संस्था महासंघ नेपालका केन्द्रिय उपाध्यक्ष जिबछ साह, महासचिव गोपाल लम्साल, मोरङ अध्यक्ष सिता पौडेललगायतको सहभागिता रहेको न्यु श्रृष्टि दैनिकले खबर छापेको छ ।