यो तस्विरमा देखिएको शौचालय कुनै एक एन.जि.ओ.ले विराटनगर १६ स्थित बखरीमा निर्माण गरिदिएको हो । शौचालय त निर्माण गरिन्छ तर पर्खाल, छत अनि ढोका बनाउने जिम्मेवारी घर परिवारलाइ नै दिइन्छ । शौचालय प्रयोगको चेतनाको कमीका कारण यहाँका घरहरुमा यस्ता शौचालयहरु प्रयोगविहिन भइ त्यसमा घाँस उम्रिरहेको पाइयो । घरमा शौचालय भए पनि त्यसमा पर्खाल र छत नलगाएको अनि प्रयोगमा खासै ध्यान नदिएर खुल्लारुपमै दिशापिसाब गरेको यहाँ देख्न पाइन्छ ।