४४ करोड फिनल्याण्ड नै फिर्ता भयो

<span class='c1'>४४ करोड फिनल्याण्ड</span> <span class='c2'>नै फिर्ता भयो</span>

imagesनेपाल र फिनल्यान्ड सरकारको संयुक्त सहयोगमा मोरङको डंग्राहामा निर्माण गर्न लागि आएको फीनल्यान्ड सरकारको ४४ लाखको फोहोर मैला प्रशोधन केन्द्र परियोजना सहयोग स्थानीयवासीको अवरोध पछि फिर्ता भएको छ । नेपालका लागि फिनल्यान्डका राजदुत एसको लुकाडेनले बुधबार विराटनगरमा पत्रकार सम्मेलन गरि परियोजना फिर्ता गएको औपचारिक घोषणा गरेका हुन् । उनले स्थानियवासीले परियोजना स्विकार नगरेकाले फिर्ता गएको बताए । फिनल्याण्ड सरकारको ४४ करोड तथा नेपाल सरकारको १३ करोडको कुल ५७ करोडको लागतमा तयार गर्ने भनिएको उक्त परियोजनाका लागि विराटनगर उपमहानगरपालिकाले डंग्राहा ५ मा २६ बिघा ९ कठ्ठा जग्गा खरिद गरेको थियो । परियोजनाले दुर्गन्ध फेलाउने आशंका कै भरमा स्थानीयवासीले त्यसको विरोध गर्दै आएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्