नियम विपरित मन्टेश्वरी

नियम विपरित मन्टेश्वरी

montessoriविराटनगरमा संचालीत अधिकांस पुर्व प्राथमीक विद्यालयहरु , शिशु स्याहार केन्द्र र मण्टेश्वरी विद्यालयहरु अवैध रुपमा संचालन भइरहेको पाइएको छ ।
दर्जन बढिको हाराहरीमा रहेका यस्ता विद्यालयहरु मध्ये ३ वटा विद्यालयले मात्रै स्विकृती लिएर विद्यालय संचालन गरेका छन । त्यस मध्ये एक विद्यालय संचालनमा आउन बाँकी रहेको विराटनगर उपमहानगरपालीकाले जनाएको छ ।
यस्ता विद्यालयहरु जथाभाबीरुपमा संचालन भएका ति विद्यालयमा बालमैत्री वाताबरण समेत देख्न पाइदैन । मण्टेश्वरी पद्धती भनीएपनी विराटनगरका ति विद्यालयहरु पुर्ण मण्टेश्वरी पद्धतीमा संचालन नभईरहेको सरोकारबालाहरुको भनाई छ ।
शिक्षा ऐनले यस्ता विद्यालयहरु संचालनको स्विकृती स्थानीय निकायलाई दिएको हुदाँ यसको जिम्मबारी विराटनगर उपमहानगरपालीकाले यसको जिम्मेबारी लिनुपर्ने जिल्ला शिक्षा कार्यालय मोरङका उपसचिब उपेन्द्र दाहालले बताउनु भयो ।
उपमहानगरपालीकाले पुर्वप्राथमीक विद्यालय संचालन सम्बन्धी निर्देशीका नै निर्माण गरेको छैन । अहिले सम्म यस्ता विद्यालयहरुलाई संचालन गर्न अनुमती दिने प्रकृया सामान्य घरेलु उद्योग सरह छ । बाल मैत्री नगर निर्माणको क्रममा रहदाँ समेत यस्तो हुनु नगरपालीकाको गैह्र जिम्मेबारीपन भएको सरोकारबालाहरुले बताएका छन ।
जथाभाबी संचालीत यस्ता विद्यालयमा बाल अधिकारको प्रत्याभुतिहुन नसक्ने फरेनका भयरहित कार्यक्रम संयोजक प्रमील अधिकारीले बताउनु भयो । ५ बर्ष नपुगेका बालबालीका अतिनै जिज्ञासु हुने हुदाँ बालबालीकाको लागी तालीम प्राप्त शिक्षकशिक्षीका हुनु पर्ने र प¥र्याप्त सुविधा समेत ति विद्यालयले दिनपर्ने उहाँको भनाई छ । तर अधिकांस विद्यालयका शिक्षीकाहरु अदक्ष रहेका छन । निती नै नभएको कारण जथाभाबी रुपमा यस्ता विद्यालय संचालनमा आएको अधिकारीको भनाई छ । बालमैत्री नगर निर्माण अभियानको समयमा समेत नगरपालीकाको ध्यान नजानु गैह्रजिम्मेबारीपनको हद भएको उहाँले बताउनु भयो ।
भर्खरै मात्रै पुर्वप्राथमीक तथा मण्टेश्वरी विद्यालयहरु संचालनमा आउन थालेको बताउदै नगरपालीकाका महिला शशक्तिकरण तथा बाल साखाका डिल्लीप्रसाद धिमालले अब यो सम्बन्धी निर्देशीका तयार गर्ने बताउनु भयो । शिक्षा निती अनुसार संस्थागत विद्यालयका पुर्व प्राथमीक कक्षा संचालनको लागी दर्ता र स्विकृती समेत स्थानीय निकायबाट लिनुपर्ने हुन्छ । दर्ता गरेर सञ्चालन गर्नेमा लिलिपुट मण्टेश्बरी चिल्ड्रन हाउस मात्र रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्