पर्यटकिय स्थलहरुको भौतिक पुर्वाधार निर्माण रि आन्तरिक पर्यटन प्रवर्द्धन गर्ने कार्यलाइ प्रभावकारी रुपमा कार्यान्वयन गराउन सरकारले यस वर्ष विराट क्षेत्र पर्यटन विकास तथा प्रवर्द्धन समितिमार्फत छरपस्ट बजेट केन्द्रिकृत गरि लगानी गर्ने भएको छ । यस वर्ष १० वटा योजनामात्र स्विकृत गरि तिनका लागि एक करोड रुपैया लगानी गरिने भएको छ ।
समितिले झापा, मोरङ र सुनसरीको दशवटा पर्यटकिय स्थलमा लगानी गर्ने समितिका अध्यक्ष भवेशकुमार श्रेष्ठले जानकारी दिनु भयो । उहाँले यस अघिका योजनामा कम रकमका धेरै योजना छनौट गरेकाले झारो टार्ने काम मात्रै भएको अनुभव बताउदै यस पटक केहि ठुला बजेटका योजना गर्न लागेको जानकारी दिनु भयो ।