विराटनगर, ३० चैत ÷ विराटनगरमा रहेको एनएलजी इन्स्योरेन्स कम्पनीले आफनै कार्यलयमा एक कार्यक्रमको विच गाईको मृत्युभएपछि कृषकले पाउने पशुधन वीमा भुक्तानी रकम एक कृषक हस्तान्तरण गरेको छ ।
कम्पनीले बिहीबार विराटनगरमा पत्रकार सम्मेलनको गरी विराटनगरको रोडशेष चौकमा उप्रेती गाई र्फम सञ्चालन गर्ने कृषक कृष्ण गौसदनलाई ७५ हजारको चेक कम्पनीको क्षेत्रिय प्रमुख सुरेन्द्रकुमार थापाले चेक हस्तान्तरण गर्नुभएको हो ।
पूर्वअञ्चलमा पहिलो पटक पशुको विमा गौसदनले पुस २४ गते गर्नुभएको थियो । उहाँको गाई फागुन ४ गते मृत्यु पश्चात हाल आएर वीमा रकम पाउनुभएको हो ।
सामाजीक उत्तरदायीत्व बहन गर्ने उद्देश्यले नेपालमा पहिलो पटक पशुधन वीमा सञ्चालनमा ल्याएको प्रबन्धक थापाले जानकारी दिनुभयो । उहाँका अनुसार एनएजी इन्स्यारेन्स कम्पनीको शाखा कार्यालयहरु बिर्तामोड, धरान, राजबिराज, इटहरी, दमकलागयतको शहरहरुबाट पशुविमा हुने बताउनुभयो ।
कम्पनीले चाडै माछा र विभिन्न प्रकारको बालीकोसमेत विमा योजना ल्याउन लागेको कम्पनीले जनाएको छ ।