झुठो आरोप लगाएको दाबी

<span class='c1'>झुठो आरोप</span> <span class='c2'>लगाएको दाबी</span>

जग्गा कारोबारी पुष्कर कोइरालाले आफूमाथि लगाएको आरोप मिथ्या भएको आरोपित प्रेम सिलवालले बताएका छन् । विराटनगर–१५ निवासी कोइरालाले गत आइतबार आफूलाई अपहरण गर्न खोजेको भन्दै जिल्ला प्रहरी कार्यालय मोरङमा जाहेरी दिएपछि पीडक भनिएका सिलवालले आज विराटनगरमा पत्रकार सम्मेलन गरी आरोप निराधार भएको बताएका हुन् ।
कोइरालाले आफूसँग दुई करोड रुपिँया रकम लिएर फिर्ता नगरेपछि आफू भेट्न मात्र
आएको सिलवालले पत्रकार सम्मेलनमा प्रष्ट पारेका थिए । कोइरालासँग २०६६ सालमा जग्गा कारोबारमा लेनदेन भएपछि आफूलाई अल्मल्याउँदै आएको उनले बताए । सिलवालले
लामो समयपछि कोइरालासँग सम्पर्क गरी विराटनगरको घरमा भेट्न गएका बेला कोइरालाले आफूमाथि हुलहुज्जत गर्न खोजेको आरोप लगाउँदै प्रहरीमा जाहेरी दिएपछि विवाद सुरु भएको हो ।
प्रहरीले घटनाको विषयमा अनुसन्धान गरिरहेको समयमा सिलवालले आफू पीडित भएपनि उल्टै आफैं विरुद्ध उजुरी दिएर बद्नाम गर्न खोजेको गुनासो गरे । दुःख गरेर कमाएको पैसा
काठमाण्डौं दुवाकोटमा ५४ रोपनी जग्गा किन्ने बेलामा कोइरालालाई दिएको सिलवालको
भनाई छ । कोइरालाले रकम लिएपछि पटक पटक भाखा राखेर आफूलाई हैरानी दिदैं आएको सिलवालले बताए । रकम झ्वाम्म पारेर विराटनगर आएर बसेका कोइरालालाई काठमाण्डौं देखि खोज्दै आएको सिलवालसहितको टोलीले युवा संघ मोरङका कावा अध्यक्ष मुकेश बुढाथोकीको सहारा लिएर घरसम्म पुगेका थिए । बुढाथोकीसहित घरमा पुगेपछि कोइरालाले गुण्डागर्दी गर्ने शैलीमा आफूमाथि आक्रमण गर्ने र अपहरण गर्न खोजेको भन्दै प्रहरीलाई तत्काल खबर गरेर दुवै समुह जिल्ला प्रहरी कार्यालयमा पुगेको थियो ।
त्यसपछि कोइरालाले रकम तत्काल उपलब्ध गराउने बताउँदै सिलवालसहितको समुहलाई काठमाण्डौ ंमै भेट्ने बताएपनि आइतबार जिल्ला प्रहरीमा गई आक्रमण गर्न खोजेको आरोप
लगाउँदै सार्वजानिक मुद्दा दर्ता गरेका थिए । तर, कोइरालाले सिलवालसँग लिएको रकम बुझाउने शर्तमा लिखित काजग गरेपनि रकम दिनुपर्ने समय आएपछि प्रहरीमा उजुरी गरेको पीडित बनेर पत्रकार सम्मेलन गरेका सिलवाल पक्षले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्