१५ दिन भित्र संविधानसभाको चुनाव घोषणा हुने

१५ दिन भित्र संविधानसभाको चुनाव घोषणा हुने

गृहमन्त्री माधवप्रसाद घिमिरेले १० देखि १५ दिन भित्रमा संविधानसभा निर्वाचनको मिति घोषणा हुने बताउनु भएको छ ।
विराटनगर विमानस्थलमा आज संचारकर्मीस“ग कुरा गर्दै घिमिरेले राजनीतिक, प्राविधिक र संवैधानिक आधार तयार भएसँगै निर्वाचनको मिति घोषणा गरिने बताउनु भएको हो । उहाले आगामि कार्तिक अन्तिम वा मंसिरको पहिलो हप्तामा निर्वाचन हुने बताउनु भयो ।
संविधानसभाको निर्वाचन सम्पन्न गर्न सरकार सक्रियताका साथ लागिरहेको जानकारी दिंदै गृहमन्त्री घिमिरेले निर्वाचन हुनेमा आशङ्का नगर्न सबैलाई आग्रह गर्नुभयो । उहाले अहिलेको प्रक्रियाको विरोध गरिरहेका दलहरुपनि निर्वाचनमा भाग लिने विश्वास व्यक्त गर्नुभयो ।
सरकारले निर्वाचनलाई असर पर्नेगरी कुनैपनि निर्णय नगर्ने घिमिरेको भनाइ छ । सुनसरीको बराहक्षेत्रमा आयोजित धार्मिक कार्यक्रममा सहभागी हुन गृहमन्त्री घिमिरे पूर्व आउनु भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्