नेपाल शिक्षक संघको वार्षिकोत्सव सम्पन्न

नेपाल शिक्षक संघको वार्षिकोत्सव सम्पन्न

नेपाल शिक्षक संघको २३ औं स्थापना दिवश विभिन्न कार्यक्रम गरी मनाइएको छ ।
संघको जिल्ला कार्य समिति मोरङले स्थापना दिवशको अवसर पारेर विराटनगरमा संघका संस्थापक तथा निवृत्त शिक्षकलाई सम्मान गरेको छ ।  कार्यक्रममा नेपाली कांग्रेसका मोरङ जिल्ला सभापति अमृत अर्यालले रविनन्दन चौधरी, डिल्लीराम पोखरेल, रमानाथ भट्टराई, तिलकचन्द चौधरीलाई सम्मान  गर्नुभयो । यस्तै लामो समय शिक्षा क्षेत्रमा योगदान पुर्याएका ८१ जना शिक्षकलाई पनि अभिनन्दन गरिएको छ । यस्तै २०६८ सालको एसएलसी परिक्षामा सामुदायिक विद्यालयबाट उत्कृष्ट अंक ल्याउने मच्छिन्द्रनाथ उच्च माविकी छात्रा एलिना राई र सरस्वती मावि सिजुवाका सुवास लामालाई पनि सम्मान गरिएको थियो । कार्यक्रममा नेपाल शिक्षक संघका उपाध्यक्ष शिवराज कोइराला, नेपाल शिक्षक युनियनका अध्यक्ष पित्तकुमार श्रेष्ठ, दलित संघका अध्यक्ष रामकुमार विश्वकर्मा, नेपाल शिक्षक संघका केन्द्रीय सदस्य निर्मला कोइराला लगायतले मन्तव्य राख्नु भयो । संघले स्थापना दिवसकै अवसर पारेर रक्तदान कार्यक्रम समेत गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्