अहिले नगरे कहिले गर्ने ? [सन्दर्भ-युवा दिवस २०१३]

अहिले नगरे कहिले गर्ने ?  [सन्दर्भ-युवा दिवस २०१३]

Youth day 2013 logoअत्यन्तै  न्युन अवसर र सुविधाको कारण वढ्दो वैदेशिक पलायन,  उदेश्यमुलक भन्दापनि दलिय स्वार्थ उन्मुख  राजनितीले  निम्त्याएको व्यापक निराशावादी नतिजा  तथा श्रमलाई ईज्तत नगर्ने  सामाजिक वातावरणमा अल्मलिरहेको ईच्छाशक्तिले देशलाई खोक्रो पारिरहेको छ । यसको प्रभावमा समकालीन  युवापुस्ता सवैभन्दा वढि पिल्सिदै गएको छ । प्रयोग गरिने र प्रयोग हुने परिपाटिमा नियन्त्रण नभएकाले विशेषगरि राजनैतिक  क्षेत्रमा युवापुस्ताको दुरूपयोग वढिरहेको छ ।  युवाशक्ति सवैभन्दा वढि राजनितीमा प्रयोग भएका छन् र रस निकालिसकेर फ्याकिएका छन् ।युवा नेताहरू  आफ्नै पार्टीमा कमजोर वन्दै गएका छन् । उनिहरूको  पछाडि लाग्ने अन्य युवाहरू कमजोर हुने नै भए ।  गुण्डागर्दी,  अपराध र पलायनवादी सोच वढेर  चौतर्फी निराशा छ ।

युवा पलायनको सवैभन्दा वढि पिडा समाजले भोग्नुपरेको छ ।  समाज विस्तारै खालि हुदै गएको छ । अझ विशेषगरि पहाडि भेगतिर हेर्ने हो भने गाँउमा मर्दापर्दा सहयोग गर्ने युवापुस्ता नै भेटिन छोडेको छ । वढ्दो वैदेशिक पलायनले पहिला खेति गरेर खाने परिवारहरू श्रमको अभावमा हरेक उपभोग्य सामान किनेर खान थालेका छन् । एकपटक विदेश पुगेर आएका युवाहरूको पनि  गाँउमा  वसेर काम गर्ने र जीविकोपार्जन गर्ने जाँगर र जोश हराउदै गरेको छ । त्यसैको प्रभावमा विना सोचविचार वसाँईसराई गरेर तराईतर्फ झर्ने प्रवृत्ति पनि वढ्दै गरेको छ । त्यसले जनसाङ्खिकिय सन्तुलनमा पारेको प्रभाव उस्तै छ । यो अशिक्षित युवापुस्ताको कुरा भयो ।

यता शिक्षित युवापुस्ताको अवस्था पनि उस्तै छ । वढ्दो वेरोजगारिले गर्दा या त उनिहरूको कम पैसामा काम गर्नुपरेर श्रम शोषण भईरहेको छ या त विदेश जाने रहर वढ्दै गएको छ  । उनिहरू जतिसक्दो चाँडो देश छोडेर भाग्न चाहान्छन् ।  आफुले पढेको विषयले काम दिन नसक्ने भएकाले उनिहरूमा त्यस्तो प्रवृत्ति देखिनु स्वभाविक नै पनि हो । तर समस्या कहाँनेर चाँहि छ भने उनिहरू समस्याको समाधान खोज्ने प्रयत्ननै नगरि भागिरहेका छन् । पलायन हुदैछन् ।  केवल देश छोडेर जान पाए सवथोक ठिक भईहाल्छ भनेर सवैले सोच्दै धमाधम विदेशि भाषा सिकेर वाहिर उडिहाल्ने प्रवृत्तिले पनि त दीर्कालीन लाभ दिदैन नि भन्ने कुराको हेक्का कसैले राखेको पाईदैन ।

खाडि मुलुकमा त्यहाँको जनसङ्ख्या भन्दा वढि हाम्रै देशको युवाहरू वस्छन्। पढ्ने भनेर गएर उतै हराउने को सङ्ख्यामा पनि हाम्रै वहुमत छ । अझ भाषा सिकेर विदेश हिँड्न ठिक्क परेतापनि उड्न नपाउनेहरूमा  पनि  हाम्रै देशका युवाहरूनै वढि छन् । कमजोर कुटनैतिक सम्वन्धका कारण त्यहाँ न्युन स्तरको मुल्याङ्कन हुन्छ भन्ने थाहा पाउदा पाउदै पनि  वैदेशिक रोजगारमा  तथा अध्ययनमा जान चाहनेठुलो युवा जमात अर्काको देशमा गएर गुमनामिको जिवन वाँचिरहेको छ ।

माथि उठाईएका तितो सत्यहरू अन्तर्राष्ट्रिय युवा दिवस 2013 को सन्दर्व सामयिक भएकाले उठाईएका हुन् । सन 2000 देखि हरेक वर्ष 12 अगस्टको दिन  यो दिवस मनाईदै आएको छ ।  यो दिवस यो वर्ष  "युवा वसाईसराई, विकाश अघि वढाउदै"(youth migration, moving development forward) भन्ने नारामा मनाईदै छ ।  विकशित,  विकाशशिल  र अल्पविकसित देशहरूका युवाहरूलाई  लक्षित गरि संयुक्त राष्ट्रसंघले युवा दिवस मार्फत विगतमा पनि विविध युवा शशक्तिकरणका विषयहरू उठाउदै र सरकारलाई युवाका विषयहरूप्रति ध्यानाकर्षण गराउदै युवाहरूलाई सचेत र शहक्तिकरण गर्दै आईरहेको थियो ।वढ्दो  विश्वव्यापिकरणको कारण अहिले  युवा वसाईसराई  सवै  देशहरूमा  पाईन्छ ।  त्यसले कुनै न कुनै रूपमा  विकाशलाई अगाडि लैजान मद्घत गर्दै आईरहेको पनि छ । तर  यसपालिको नारा विशेषगरि वदि नै युवा वसाईसराई   भएको नेपाली सन्दर्वमा एकदमै उपयुक्त देखिएको हुनाले माथिका प्रसंगहरू उठाईएका हुन् ।वसाईसराईवाट हुने उक्त प्रकृतिको विकाश नेपाली सन्दर्वमा एकोहोरो र प्रतिकुलजस्तो लाग्नाले पनि  सान्दर्विकता अलिक वढेको हो ।

अहिलेको नेपाली युवापुस्ता या त वितृष्णाको राष्ट्रियता वाँचिरहेको छ या त वेवास्थाको । "देशमा न त विकाश छ न त कानुनी शासन । यस्तो देशमा वस्नुभन्दा त वरू विदेशमै भविष्य उज्वल छ" भन्दै वाहिरिने सोच हरेकको दिमागमा वस्न सुरू भैसकेको छ ।  यहाँ पैसा कमाउन, व्यावसायिक जीवन विताउन र भविष्य सुनिश्तित गर्न सकिन्न भन्ने आम वुझाईका कारण युवा पलायन वढिरहेको छ ।  राज्यको केन्द्रिय तहदेखि स्थानिय तहसम्म हुने भ्रष्ट्राचार, राजनैतिक अस्थिरता,कम जनसहभागिता र गुण्डागर्दी का   कारण विकाश गतिविधी सुन्य हुनुले त्यसमा झनै मलजल गरेको पनि छ । विदेश पुगेर आउनेहरूको भाषामा  हाम्रो देशमा सिस्टम छैन , त्यो सत्य पनि हो । तर यो सव अवस्था आउनु को कारण के हो र यसको समाधानमा हाम्रो भुमिका के हुनसक्छ भन्ने कुरामा कमैमात्र युवाहरूको ध्यान गएको देखिन्छ ।

लगभग नेपालको जनसङ्ख्याको तीस प्रतिशत हिस्सा हामीले ओगटेका छौ । राज्यले त्यहिअनुरूप नै हामीलाई अधिकार वाँढेको पनि छ ।  यसर्थ देशको यो अवस्था हुनुमा हाम्रो पनि हात छ । केवल न्युन अवसर, राजनैतिक अस्थिरता र विकाश शून्यतालाई दोष  लगाएर यसै पन्सिन हामीले मिल्दैन । हामीमध्ये धेरैलाई नेपालको संविधान, त्यसले प्रत्याभुत गरेका अधिकारहरू र तिनको प्रयोग, जनताको सार्वभौमिकता र जनप्रतिनिधि हरू लाई उत्तरदायी  वनाउन त्यसले खेल्नसक्ने  भुमिका, युवा निति र त्यसले हामीलाई प्रदान गरेको शक्ति, राज्यको वजेट विनियोजन प्रणाली र स्थानिय निकायमा त्यसको प्रभाव तथा उपयोग, जनता र प्रशासन विचको सम्वन्ध, सरकारी कामकारवाही,  उजुरि, खवरदारी, समावेशिता, विधिको शासन , निर्वाचन प्रकृया र जनप्रतिनिधि छनौटमा हाम्रो भुमिका जस्ता कुराहरूको केहि ज्ञान छैन । र हामी जानकारी राख्न पनि चाहादैनौ । तर विकाश भएन भन्न पनि छाड्दैनौ ।   हामी स्वयमलाई  देश वनाउने प्रकृया र त्यसमा हाम्रो सहभागिता र अधिकारको  वारेमा जानकारी नै छैन भने  एकोहोरो स्वरमा नेताहरूले देश विगारे मात्र भनेर भनिरहन सुहाउछ? राज्यले प्रदान गरेको समावेशिता र अधिकारको प्रयोग गरेर आफै देश निर्माणको पक्षमा लाग्नु पर्दैन?

क्षभता अनुरूप वा क्षमताविना, यहाँ उपयुक्त अवसर नपाईने भएकाले वैदेशिक रोजगारि वा अध्ययनमा जानुलाई स्वभाविकै मान्नुपर्छ । त्यहाँ वाट प्राप्त हुने रेमिट्यान्स ले  वार्षिक वजेटमा महत्वपूर्ण भुमिका खेल्नुका साथै लाखौलाई वाँच्ने सहारा दिएको पनि छ । विश्व चिन्ने अवसर तथा प्रविधिसँगको साक्षात्कार गर्न कुनै नेपालीले पाउदा पक्कै पनि देशलाई नै फाईदा हुने हो । वैदेशिक अध्ययनले अरू देशको शैक्षिक पद्धति सिकाउन भुमिका खेल्नुका साथै नेपाललाई विश्वभर चिनाउन मद्दत पनि गर्छ । यसर्थ युवा वसाईसराई  आफैमा  नराम्रो हैन । तर यहा त वसाईसराई हैन पलायनता वढि देखिईरहेको छ । वाहिर सिकेको सम्पुर्ण कुराहरू नेपालमा ल्याएर प्रयोग गरिनुपर्नेमा उल्टै उतैको नागरिक वनेर वस्ने अभिलाशा नेपाली युवापुस्तामा वढ्दै गएको छ । नेपालमा लगानीको वातावरण छैन, राजनैतिक अस्तिरता छ, काम गर्ने  परिपाटी छैन, यो सव सहि हो तर के यसो भन्दैमा नेपालमा अहिलेसम्म केहि भएकै छैन त? सवैले एकपल्ट वुझौ हामी जुन देशलाई सिस्टममा चलेको भन्छौ ति देशहरूपनि कुनैदिन हाम्रै हालतमा थिए । उनिहरू ले वदल्न सके भने हामी किन सक्दैनौ??

हाम्रो योगदान गर्ने समय घर्किदो छ । अव विलम्व हुनु हुदैन ।राज्यको हरेक तहमा  तथा राजनैतिक पार्टीहरूमा युवा सहभागिता लाई महत्व दिईएको हुन्छ त्यसलाई खोजौ, आफ्नो समुदायमा हुने विकाश कार्यहरूको वारेमा सुचनाको हक प्रयोग गरि चनाखो रहौ, सरकारी कार्यालयमा भ्रष्टाचार र ढिलासुस्तिको शिकार हुनुपर्यो भने सहेर नवसि काम वन्न नसक्ने वारेमा लिखित जवाफ माग्ने वा  उजुरि गर्ने परिपाटि सिकौ, कानुन पढौ, संविधान वुझौ, निर्वाचन प्रकृयामा भाग लिएर सहि प्रतिनिधि चुनौ,  विदेशमा रहने साथिहरू त्यहाँ सिकेको कुरालाई यहि आएर लगानी गर्ने सोच वनाऔ ।  यो असम्भव छैन, धेरै उदाहरणीय कामहरू भईरहेका छन्, तिनका अगुवाहरूलाई भेटौ, सिकौ, ।  सवै तह, क्षेत्र र समुहवाट सामुहिक प्रयत्न भए निश्चयनै हामीले चाहेको नेपाल वन्नेछ । नविर्सौ, "हामीले नगरे कसले गर्ने? अहिले नगरे कहिले गर्ने?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्