नेकपा एमालेका बरिष्ठ नेता केपी शर्मा ओलीले एमालेले एकिकृत माओबादीको जस्तो धाक र धम्कीको भरमा चुनाब नजित्ने बताउनु भएको छ । मोरङको उर्लाबारीमा नेकपा एमाले क्षेत्रिय कमिटिले आज आयोजना गरेको चुनाबी आमसभालाई सम्बोधन गर्दै ओलीले रोल्पाबाट आएका टुरिष्ट उम्मेद्वारलाई जनताले मंसिर ५ गते निराश बनाएर पठाउने बताउनुभयो । सभालाई सम्बोधन गर्दै उहाँले भन्नुभयो एकिकृत माओबादीकै कारण अघिल्लो पटक संबिधान बन्न नसकेको अरोप लगाउनु भयो ।