आगामी मंसिर ४ गते हुन लागेको सविधान सभा चुनावको सुरक्षा व्यावस्था मोरङमा सम्पुर्ण तयारी भईसकेको जिल्ला प्रशासनले जनाएको छ । आज विराटनगरमा पत्रकार सम्मेलन गरी मोरङमा सुरक्षा प्रवधन मिलाई सकेको जनाएको हो । मोरङ जिल्लाको ९ वटै क्षेत्रमा रहेको छ सय एकत्तर मतदान केन्द्रमा ४ हजार ६ सय पन्चानब्बे कर्मचारी खटाईएको प्रमुख जिल्ला अधिकारी गणेस राज कार्कीले जानकारी दिनुभयो । उहांले मोरङलाई संवेदनसिलको रुपमा हेरिएका कारण ६ हजार भन्दा बढी सरक्षाकर्मी खटाईएको बताउनु भयो । नेपाल प्रहरी , सशस्त्र प्रहरी, र नेपाली सेनाको सुरक्षाकर्मीहरुलाई तैनाथ परिचालन गरिने जानकारी दिनु भयो । यूवा अभियान र मुस्लिम वृद्धीजिवि विराटनगरको आयोजना विराटनगरमा रहेका मुस्लिम सामुदायकाहरुलाई आज एक दिने मतदाता शिक्षा सम्बन्धी तालिम दिएको छ । आउदै गरेको दोस्रो संविधान सभाको निर्वाचनमा कसरी मत हाल्ने विषयमा मुस्लिम सामुदायका मानिसहरुलाई तालिम दिएको थियो । मुस्लिम सामुदायका
मानिसहरुलाई युवा अभियानका स्वयमसेवकहरुले सहजिकारण गरेका थिए ।