एमालेका नवनिर्वाचित सभाषदलाई सम्मान तथा बधाई

एमालेका नवनिर्वाचित सभाषदलाई सम्मान तथा बधाई

विराटनगर, मंसिर २२ । युवा संघ नेपाल मोरङले शनिवार एक कार्यक्रमको आयोजना गरि एमालेको तर्फवाट उम्मेद्वार भई विजयी भएका सभाषदहरुलाई सम्मान गर्नुको साथै पराजीत भएकाहरुलाई समेत सान्त्वना प्रदान गरेको छ । विराटनगर पांञ्चाली स्थित एमाले मोरङको पार्टी कार्यालयमा आयोजीत कार्यक्रममा मोरङवाट एमालेको तर्फवाट विजयी सभाषदहरु ऋषिकेश पोखरेल, चण्डीप्रसाद राई र चन्द्रबहादुर गुरुङलाई सम्मान गरेको छ । संघको तर्फवाट जिल्ला अध्यक्ष मुकेश बुढाथोकी लगायतले उहांहरुलाई सम्मान गर्नुभएको थियो । त्यस्तै अखिल नेपाल राष्ट्रिय शिक्षक संगठन मोरङले दोस्रो संविधानसभाको निर्वाचनमा नेकपा एमालेवाट मोरङ र खोटाङ जिल्लामा विजयी भएका सभाषदलाई एक कार्यक्रमको आयोजना गरि बधाइ दिएको छ । विराटनगरको कलेज रोड स्थित संगठनको कार्यालयमा आज भएको कार्यक्रममा एमालेका तर्फबाट मोरङ क्षेत्र नं. १ वाट विजयी ऋषिकेश पोखरेल, मोरङ–२ वाट विजयी चण्डीप्रसाद राई र खोटाङको क्षेत्र नं. २ बाट विजयी विशाल भट्टराईलाई सम्मान गरिएको हो । सम्मान कार्यक्रममा बोल्दै शिक्षक संगठनका नेताहरुले जसरी भएपनि संविधान जारी गर्न सभासदहरुलाई आग्रह गरेका छन् । कार्यक्रममा बोल्दै सभासदहरुले भने अबको संविधानसभाबाट संविधान बन्ने कुरामा विश्वस्त हुन सबैलाई आग्रह गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्