पत्रकारका लागि मानवअधिकार बारे तालिम

पत्रकारका लागि मानवअधिकार बारे तालिम

विराटनगर, २२ मंसिर । मानव अधिकारको बिषयसँग सम्बन्धित सुचनाहरुको गहिराइमा पुगेर समाचार संकलन, प्रशोधन र सम्प्रेषण गर्न सके समाज परिबर्तनमा पत्रकारहरुको योगदान महत्बपुर्ण हुने विराटनगरमा आयोजित एक कार्यक्रममा सहभागीहरुले बताएका छन् ।
मानव अधिकार पत्रकार संघको आयोजनामा विराटनगरमा आजदेखी पत्रकारहरुको लागी सुरु भएको  तीनदिन अभिमुखीकरण कार्यशाला गोष्ठीको उद्घाटन कार्यक्रममा बोल्ने न्यायधिश, कानुन व्यवसायि मानबअधिकारकर्मी, प्रहरी अधिकृत र पत्रकारहरुले सो कुरामा जोड दिएको हो ।
कार्यक्रममा पुनराबेदन अदालत बिराटनगरका मुख्य न्यायधिश गोपाल प्रसाद पराजुलीले मानव अधिकारको बिषय शंबेदनशील हुने भएकोले समायानुकुल बनाउन मानब अधिकारको उल्लंघन र हननका सुचनाहरु गहिराईमा पुगेर संकलनगरि दक्ष शीप प्रयोग गरेर प्रशोधन र सम्प्रेषण गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले मानब अधिकार सम्बन्धि समाचार संकलन र सम्प्रेषणमा पत्रकारहरुले हतार गर्न हुँदैन भन्दै अध्यन अनुसन्धान गर्न आग्रह गर्नुभयो ।
राष्ट्रिय मानब अधिकार आयोग पुर्बाञ्चल क्षेत्रिय कार्यालय विराटनगरका निर्देशक कोषराज न्यौपानेले मानब अधिकार पत्रकारिता बर्तमानमा सान्र्दभिकता बढेर गएको चर्चा गर्दै सन्तुलित र अध्यनमा आधारित समाचार सम्प्रेषण गर्न सके समाजलाई परिबर्तन गर्न सकिनेमा जोड दिनुभयो ।
तीनदिन सम्म सञ्चालन हुने गोष्ठीमा मोरङभरीका ३० जना पत्रकारहरुको सहभागीता रहेको छ  ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्