एक दम्पतिले १० लाखमा मन्दिर निर्माण गरे

एक दम्पतिले १० लाखमा मन्दिर निर्माण गरे

विराटनगर, मंसिर २२ । विराटनगर स्थित कञ्चनवारीका एक दम्पतिले रामजानकी मन्दिर निर्माण गरी समाजमा हस्तान्तरण गरेका छन् । राम जानकी विवाहपञ्चमीको अवसर पारेर उनीहरुले शनिवार मन्दिर हस्तान्तरण गरेका हुन् । स्थानिय समाजसेवी सियाराम मण्डल राजवंशी र उनकी श्रीमती मायावतिले कञ्चनवारी स्थित थानी टोलमा उक्त मन्दिर निर्माण गरेका हुन् । १० लाख १९ हजार १ रुपैयामा निर्मित मन्दिर एक कार्यक्रमको आयोजना गरी हस्तान्तरण गरिएको थियो । मन्दिरको शनिवारनै अष्टजाप तथा प्राणप्रतिष्ठा गरी उद्घाटन समेत गरिएको छ । आठ कठ्ठा क्षेत्रफल रहेको जग्गामा अन्य सामाजीक कार्य गर्न सक्ने गरी भवन निर्माण गर्ने मन्दिर व्यवस्थापन समतिका राजन भट्टराइले जानकारी दिनु भयो । सोही अवसरमा राजवंशी दम्पतिलाई स्थानियले सम्मान समेत गरेका थिए । उक्त कार्यक्रममा समाजसेवी डा भेष प्रसाद धमला,प्रखरवाचक दीपक पराजुली ,समाजसेवी उत्तरा शर्मा रेग्मी,कांग्रसका नगर सभापति भिम पराजुली लगाएले मण्डल परिवारको सामाजीक कार्यको प्रशंसा गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्