अबको विद्यालय भयरहित तथा बालमैत्री

<span class='c1'>अबको विद्यालय भयरहित</span> <span class='c2'>तथा बालमैत्री</span>

बिराटनगर, २३ मंसिर । बालमैत्रि शिक्षण सिकाई सम्बन्धि पाँच दिने आवासिय तालिम आइतबार देखि मोरंग बिराटनगरमा शुरु भएको छ । बाल एवं महिला विकास केन्द्र काउडेकको आयोजनामा शुरु भएको तालिममा विभिन्न विभिन्न विद्यालयका प्राथमिक तहका कक्षामा अध्यापन गराउने २९ जना शिक्षक शिक्षिकाहरुको सहभागिता रहेको छ । भयरहित सिकाई, बाल अधिकारका क्षेत्रहरु, बाल अधिकारको विकासक्रम , बालमैत्रि परिवार, समाज , विद्यालय अवधारणा , बालमैत्रि कक्षा व्यवस्थापन र कक्षा संचालन, विषयगत शिक्षण विधीहरुको बारेमा तालिममा सिकाइने काउडेकका कार्यक्रम संयोजक योगेन्द्र चौधरीले बताउनु भयो । बाल एवं महिला विकास केन्द्र
काउडेकले मोरंगका सात लखन्तरी, भौडाहा, शिशवनी बडहरा, झोराहाट, बैजनाथपुर, हरैंचा र डंग्राहासहित सात गा.वि.स.मा काम काम गर्दै आएको छ । जिल्ला शिक्षा कार्यालय मोरंगको सम्नवयमा वल्र्डभिजन इन्टरनेशनल नेपाल मोरंग क्षेत्र विकास कार्यक्रमको सहयोगमा शुरु भएको हो । तालिमलाई जिल्ला शिक्षा कार्यालय मोरंगका उपसचिव रमेश दाहाल र जिल्ला शिक्षा कार्यालय धनकुटाका उपसचिव राजेन्द्र बुढाथोकीले सहजीकरण गरिरहेको छ । २७ गते सम्म सम्पन्न हुने छ । तालिमको उद्घाटन सत्रमा बोल्दै जिशिका मोरङका उपसचिब रमेश दाहालले तालिममा शिकेको शिप व्यवहारमा लागु गर्न समेत सहभागीहरुलाई अनुरोध गर्नु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्