धराने युवा लागु औषधसहित विराटनगरमा पक्राउ

धराने युवा लागु औषधसहित विराटनगरमा पक्राउ

जिल्ला प्रहरी कार्यालय मोरङले लागु औषध सहित २ जनालाई आज पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय रानीबाट खटिएको टोलीले रानीमा चेक चाजका क्रममा उनीहरुलाई प्रक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेहरुमा धरान १५ का २३ बर्षका अमृत कार्की र उमेश धिताल रहेका छन् । उनीहरुको साथबाट डाईजेपाम १५ सेट, कोरेस १ थान, नाईट्रोजन १० फाईल , एसपी ११४ ट्यावलेट लगायतका लागुऔषध बरामद गरिएको थियो । पक्राउ परेकाहरुलाई थप अनुसन्धानका लागी रानी प्रहरी थानामा राखिएको जिल्ला प्रहरी कार्यलय मोरङले जनएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्