जेसीज टेष्टी–टेष्टी हाजिरी जवाफ प्रतियोगितामा ६ विद्यालय फाइनलमा

जेसीज टेष्टी–टेष्टी हाजिरी जवाफ प्रतियोगितामा ६ विद्यालय फाइनलमा

विराटनगर, २६ मंसिर÷ विराटनगर जुनिय जेसिजले आयोजनामा जारी १८ औं विद्यालय स्तरिय जेसीज टेष्टी–टेष्टी हाजिरी जवाफ प्रतियोगितामा ६ विद्यालय फाइनलमा पुगेका छन् । आज विराटनगरमा सम्पन्न दुई सेमीफाइनल खेलबाट विजयी हुदै वाइपोन्टीङ बोर्डिङ स्कुल इटहरी , विकेभीएम विराटनगर, सगरमाथा वोर्डिङ स्कुल, जेम्स इन्टर नेशनल वोडिङ, पोलस्टार वोर्डिङ र सप्तकोशी वोर्डिङ फाइनलनमा पुगेका हुन ।

पहिलो समुहमा गंगा मेमोरीयल बोर्डिङ स्कुल र पशुपती वोडिङ स्कुल इटहरी , बिकेभीएम बोडिङ लिटल फाल्वर इटहरी, सगरमाथा बोर्डिङ विराटनगर र वाइपोन्टिङ इटहरी विचको खेलमा वाइपोन्टीङ विजयी हुदै फाइनलमा पुगेको छ । यस्तै समान अंकको साथ विकेभीएम र सगरमाथा पनि फाइनलमा पुगेका छन् । त्यसैगरी दोश्रो समुहको खेलबाट एभरेष्ट सप्तकोशी विराटनगर पोलस्टार बोडिङ, अर्पण बोर्डिङ बाल्मीकी, जेम्स इन्टरनेशनल विराटनगर पहिलो हुदै जेम्स इन्टरनेसनल दोश्रो पोलस्टार तेश्रो भएर सप्तकोशी फाइनलमा भिड्दै छन् । जारी प्रतियोगीताको बिहीबार फाइनल चरणको खेलहुने जुनीयर जेसिजका महासचिब सुजन कोइरालाले बताउनु भयो । प्रतियोगीतामा विजयी हुने विद्यालयलाई रनिङ शिल्ड र प्रमाणपत्र दिइने आयोजकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्