नोबेल मेडिकल कलेजमा छापा मारी अख्तियारद्धारा फेरि छानबिन : ईमेज समाचार

नोबेल मेडिकल कलेजमा छापा मारी अख्तियारद्धारा फेरि छानबिन : ईमेज समाचार

nobel-college-biratnagar-finalविराटनगर, मंसिर २७ । विराटनगरस्थित नोबेल मेडिकल कलेजमा आर्थिक कारोवार पारदर्शी नभएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन सुरु गरेको छ । अख्तियारको टोलीले हिजोबाट मेडिकल कलेजमा छापा मारी आवश्यक कागजात नियन्त्रणमा लिएर छानबिन कार्य सुरु गरेको हो । अख्तियारको केन्द्रीय कार्यालयबाट आएको हरिराज पन्तको नेतृत्वको एक टोलीले मेडिकल कलेजले शिक्षा, स्वास्थ्य सेवा, आयकर लयातका कर नबुझाएको भन्दै छानबिन सुरु गरेको हो । कलेजले सबैखाले कर मिलाएर वार्षिक पाँच करोड बराबरको राजश्व बुझाउनुपर्ने भएपनि विगत वर्षदेखि नै कर बुझाउन अटेर गर्दै आएको थियो ।

ईमेजमा समाचार पढ्नुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्