नोना कोइराला स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार बिक्रम निरौलालाई

नोना कोइराला स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार बिक्रम निरौलालाई

विराटनगर मंसीर २७ । नोना कोइराला स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार २०७० वाट नेपाल पत्रकार महासंघ मोरङ्गका अध्यक्ष बिक्रम निरौलालाई पुरस्कृत गर्ने निर्णय भएको छ । नोना कोइराला स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार प्रतिभा छनौट समितिका संयोजक विष्णु निष्ठुरीको संयोजकत्वमा आज काठमाडौमा वसेको वैठकले उक्त निर्णय गरिएको हो । नेपालको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको आन्दोलनमा सक्रिय सहभागिता एवं पत्रकारहरुको व्यक्ति सुरक्षा र पेशागत सुनिश्चितताका लागि निरन्तर क्रिंयाशिल रहदै आउनु भएका निरौलालाई उक्त पुरस्कार दिने निर्णय गरिएको छनौट समितिका सदस्य कुमोद अधिकारीले वताउनु भयो । विविसी नेपाली सेवाका विराटनगर प्रतिनिधि एवं उद्घोष दैनिकका कार्यरत अध्यक्ष निरौलाले पत्रकार हक हितका लागि गरेको कार्यको कदर गर्दै पुरस्कार प्रदान गर्ने निर्णय गरिएको हो । पुरस्कारका राशी नगद रु २५ हजार एवं सम्मान पत्र रहेको छ । पाँच वर्ष अघि स्थापित उक्त पुरस्कार यसअघि सुभाष ढकाल, धर्मेन्द्र झा, हर्ष सुव्वा र विष्णु निष्ठुरीलाई प्रदान गरिसकिएको छ। स्व. नोना काइरालाको वार्षिक पुण्य तिथिका दिन उक्त पुरस्कार प्रदान गरिने वताइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्