एम्स कलेजद्धारा विराटनगरको सरसफाई

एम्स कलेजद्धारा विराटनगरको सरसफाई

विराटनगर ,मंसिर २८ आफ्नो वार्षिकउत्सवको अवसर पारेर एम्स कलेजले शुक्रवार विराटनगरमा सरसफाई कार्यक्रम गर्नुको साथै सरसफाई सम्बन्धी सचेतनामुलक ¥यालीको आयोजना गरेको छ । विराटनगर –१४ स्थित एम्स कलेजवाट शहर सफा राखे आफ्नो घर सफा रहन्छ भन्ने मुल नारा दिएर निस्कीएको सचेतनामुलक ¥यालीले नगरको विभिन्न भागको परिक्रमा गरेको थियो । ¥यालीमा सहभागी कलेजका विद्यार्थी, प्राध्यापक, कर्मचारीहरुले सडकमा रहेको फोहोर समेत संकलन गरि सरसफाई गरेका थिए । सचेतना ¥याली कलेज रोड हुंदै जनआन्दोलन चौक, शनिमन्दिर चौक, जलजला चौकबाट मेनरोड , ट्राफिक चौक हुंदै पुनः कलेज परिसरमा पुगेर सम्पन्न भएको थियो । ¥यालीका सहभागिहरुले विभिन्न सरसफाई सम्बन्धी प्ले कार्ड बोक्नुको साथै नगरवासीमा सरसफाइ सम्बन्धि जनचेतनामुलक पर्चा पम्पलेट बांडेका थिए । कलेजको बार्षिकोत्सव र खेलकुदको सप्ताहको अवसरमा उक्त कार्यक्रमको आयोजना गरिएको कलेजका प्रवन्ध निर्देशक भारवी न्यौपानेले बताउनुभयो । सो कलेजले बीबीएस, बिए, बीएससी, सीएस आइटीको कक्षा संचालन गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्