औषधी व्यवसायीले गरे सभासद र मुख्य पार्टीको ध्यानाकर्षण

औषधी व्यवसायीले गरे सभासद र मुख्य पार्टीको ध्यानाकर्षण

स्वतन्त्र नेपाल औषधी ब्यवसायी संघले सरकारले एकपल्ट ओरन्टेशन परीक्षा लिएर औषधी बिक्री गरिरहेका बिक्रेताहरुलाई लगानीको सुरक्षाका लागि प्रमाणपत्र दिनुपर्ने लगायतका मागका विषयमा नवनिर्वाचित सभाषद तथा मुख्य पार्टीको ध्यानाकर्षण गरेको छ । विराटनगरमा आज एक कार्यक्रमको आयोजना गरी संघले आफ्नो मागसहितको ज्ञापन पत्र मोरङ क्षेत्र नम्बर २ बाट नवनिर्वाचित सभाषद चण्डीप्रसाद राई, नेपाली कांग्रेस मोरङका सचिव यदु विष्ट र फोरम नेपालका मोरङ सदस्य इनामुल हक अन्सारीलाई बुझाउदै ध्यानाकर्षण गराएको हो ।

कार्यक्रममा संघका केन्द्रीय अध्यक्ष देशबन्धु ढकाल र सचिव दिनेश ठाकुरले सभाषद राई र पार्टीका नेताहरुलाई ज्ञापनपत्र दिनुभएको थियो । ज्ञापन पत्र बुझाउदै संघका अध्यक्ष ढकालले २०५२ सालबाट स्थगित गरिएको ओरन्टेशनको परीक्षा गर्नुपर्ने वा बैकल्पिक ब्यवस्था गर्नुपर्ने, आवश्यक तालिम दिएर एउटा पसलमा एक जना सेल्समेन राख्न पाउने गरी ब्यवस्था गर्नुपर्ने, काम विषेशले ब्यवसायीहरु नभएको अवस्थामा पसल बन्द हुन नदिन ब्यवस्था गर्नुपर्ने र प्रमाणपत्र नविकरण गरी नियमित कर तिर्दै आएका औषधी ब्यवसायीलाई अनुगमनको नाममा आतंकित पार्ने र बद्नाम गर्ने कामलाई बन्द गर्न पहल गरिदिन सभाषद तथा पार्टीका नेतृत्वहरुलाई आग्रह गर्नुभएको थियो । उहाले सरकारले कुनै विकल्प नदिएर आफुहरुले गरेको करोडौंको लगानी डुबाउन लागेको आरोप लगाउदै विकल्प नदिए आन्दोलन गर्ने चेतावनी दिनु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्