पत्रकार महासंघको केन्द्रिय समितिमा देखिएको विवाद जिल्लामा समेत उस्तै

पत्रकार महासंघको केन्द्रिय समितिमा देखिएको विवाद जिल्लामा समेत उस्तै

नेपाल पत्रकार महासंघ केन्द्रीय समितिमा सदस्यता वितरणको विषयमा चुलिएको विवाद जिल्लामा समेत देखिन थालेको छ । नयाँ सदस्यताका लागि जिल्ला शाखाले सिफारिस गरेका नामावलीमा हेरफेर तथा थपघट गरिएको भन्दै जिल्लामा त्यसको विरोध सुरु भएको हो । पत्रकार महासंघ मोरङ शाखाले नयाँ सदस्यताका लागि सिफारिस गरेका ४२ जना बाहेक पनि सातजनालाई सदस्यता दिन खोजिएको भन्दै मोरङमा नेपाल प्रेस यूनियन मोरङ, क्रान्तिकारी पत्रकार संघ, क्रान्तिकारी पत्रकार महासंघ र मधेशी पत्रकार समाजले विरोध गरेका छन् । संयुक्त विज्ञप्ती जारी गर्दै चार संगठनका प्रमुखले शाखाले गरेको निर्णय भन्दा बाहिर गई विधान विपरित सदस्यता वितरण गरिए आन्दोलनमा उत्रने चेतावनी दिइएको छ । नेपाल प्रेस यूनियनका मोरङ अध्यक्ष कुमोद अधिकारी, क्रान्तिकारी पत्रकार संघका अध्यक्ष बिनोद घिमिरे, क्रान्तिकारी पत्रकार महासंघका जिल्ला सचिव सत्यनारायण शर्मा र मधेशी पत्रकार समाजका अध्यक्ष श्यामसुन्दर सुतिहारले संयुक्त रुपमा विज्ञप्ति प्रकाशित गर्दै विरोध गर्नु भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्