एकै दिन शिक्षादिप र ग्रिनल्याण्ड कलेजमा रक्तदान

एकै दिन शिक्षादिप र ग्रिनल्याण्ड कलेजमा रक्तदान

विराटनगर, ५ पौष । शुक्रबार विराटनगरको दुई उच्च माविमा एकै पटक रक्तदान कार्यक्रम आयोजना भएको छ । युथ फर ब्लडले शिक्षादिप कलेज र ग्रिनल्याण्ड कलेजमा एकैपटक रक्तदान कार्यक्रम गरेको हो ।  कार्यक्रममा शिक्षादिप कलेजबाट २९ र ग्रिनल्याण्ड कलेजबाज्ञ ४४ पिन्ट गरि जम्मा ७३ पिन्ट रगत जम्मा भएको सो कार्यक्रमका संयोजक मदनकृष्ण प्रधानले जानकारी दिनु भयो । उहाँले युथ फर ब्लडले मोरङ भरिका उच्च माविहरुमा सञ्चालन गरि रहेको रक्तदानबारेको कलेज सचेतना अभियान पछि सो रक्तदान कार्यक्रम भएको बताउनु भयो । यहि साता शिक्षादिप र ग्रिनल्याण्डका करिब ८ सय विद्यार्थीबिच रगत सचेतना कार्यक्रम समेत गरिएको थियो । ग्रिन ल्याण्ड कलेजका प्रिन्सिपल रबिन्द्र घिमिरेले यस अभियानले विद्यार्थीहरुलाई उत्तरदायित्वबोध गराएको बताउनु भयो । त्यसै गरि शिक्षादिप कलेजका एकेडेमिक डाइरेक्टर शंकर भट्टराइले यस्ता अभियानमा सबै शैक्षिक संस्थाले सघाउनु पर्ने बिचार राख्नु भयो । युथ फर ब्लडले यसै साता न्युरो हेल्थ कलेज, जेनिथ ईन्टरनेशनल, भानु कलेजमा समेत यस्तै अभीयान सञ्चालन गरेको थियो ।  यस कार्यक्रममा युथ फर ब्लडका १७ जना स्वयमसेवकहरुले सहकार्य गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्