६ बर्षदेखी बन्द भएको विराटनगर जुटमिलको व्यबसायीक उत्पादन सुरु

६ बर्षदेखी बन्द भएको विराटनगर जुटमिलको व्यबसायीक उत्पादन सुरु

biratjutemillविराटनगरः पुष, ६ ।विराटनगर जुट मिलको उद्घाटन गर्न आएका अर्थमन्त्री कोइरालाले भने ‘राजनिती पनि सहि ट्रयाकमा आएको छ , लिक नछाडिकन अव रेल छुट्नु पर्छ ।’

६ बर्षदेखी बन्द भएको विराटनगर जुटमिलले सनिबारबाट व्यबसायीक उत्पादन सुरु गरेको छ । मिलको दैनीक १४ देखी १५ टन सम्म उत्पादन गर्ने क्षमता रहेको महाप्रबन्धक श्याम पौडेलले बताए । तीन महिना देखी संचालन हुदै आएको जुटमिलको सनिबार औपचारीक कार्यक्रमका विच अर्थमन्त्री संकरप्रसाद कोइरालाले उद्घाटन गरेका हुन् । नेपाल सरकारले ग्लोबल टेण्डर आब्हान गरेपछि संचालनको जिम्मा पाएको भारतीय कम्पनी विलसन इन्टरनेशनल लिमिटेडले मिल संचालनको लागी श्रमीकको ज्यालासहित १८ करोड रुपैयाँ खर्च गरि सकेको छ । महानिर्देशक पौडेलले मिलको स्पेयरपार्टको लागी मात्रै १० करोड रुपैयाँ खर्च भएको बताए ।

संझौता अनुसार विलसन इन्टरनेशनल लिमिटेडले २५ बर्षका लागी लिजमा लिएको जुटमिल संचालन बापत नेपाल सरकारलाई १ करोड २५ लाख रुपैयाँ उपलब्ध गराउदै आएको छ । जुटमिलमा अधिकांस पुराना मजदुरलाई नै काममा राखिएको छ । मिल संचालनमा अहिले दैनिक १ लाख रुपैयाँ घाटा भएको बताउदै महानिर्देशक पौडेलले लामो समयसम्मका लागी संचालनको जिम्मा पाएको कारण नाफा हुने अपेक्षा रहेको बताए । उनले मिलको अधिकांस पार्टपुर्जा पुरानो रहेको कारण उत्पादन बढ्न नसकेको र लोडसेडिङले समेत समस्या बनाएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्