नेपाल प्रहरीले ढाँटेको कुरा पत्ता लगाउने पोलिग्राफिक शुरु गर्ने

नेपाल प्रहरीले ढाँटेको कुरा पत्ता लगाउने पोलिग्राफिक शुरु गर्ने

विराटनगर, २२ पौष ।  नेपाल प्रहरीले आगामी हप्तादेखि अभियुक्तले ढाँटेको कुरा पत्ता लगाउने जाँच अर्थात पोलिग्राफिक टेष्ट प्रविधि शुरु गर्ने भएको छ । प्रहरी प्रधान कार्यालयमा सोमबार पत्रकार सम्मेलन गरेर प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालले अपराध अनुसन्धानमा प्रभावकारी हुने अपेक्षा सहित पोलिग्राफिक टेष्ट प्रविधि शुरु गर्न लागिएको जानकारी दिनुभयो । यो प्रविधिमा अभियुक्तले कुनै कुरा ढाँटेको वा नढाँटेको पत्ता लाग्नेछ । तत्काल केन्द्रीय अनुसन्धान ब्युरो सिआइवी र अपराध अनुसन्धान महाशाखाले प्रयोग गर्ने र अपराध र आवश्यकता हेरेर देशका विभिन्न ठाउँमा पनि लैजान सकिने प्रहरी प्रवक्ता गणेश केशीले जानकारी दिनुभयो । यस्तै अब हरेक जिल्ला प्रहरी कार्यालयले ३ महिनामा १ पटक नागरिक सुनुवाई गर्नैपर्ने भएको छ । सुनुवाईमा सर्वसाधारणलाई सहभागी गराई प्रहरी सेवाका बारेमा गुनासा सुन्ने ब्यवस्था मिलाउनुपर्ने प्रहरी महानिरीक्षक अर्यालले बताउनुभयो । अपराध नियन्त्रणमा अहिले नेपाल प्रहरीको कुल जनशक्तिको ५ प्रतिशतमात्रै संलग्न रहेकोमा अब १० प्रतिशत प्रहरीलाई अपराध अनुसन्धान र नियन्त्रणमा खटाइने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्