अख्तियार प्रमुखलाई प्रश्न सोध्दा पत्रकार थुनामा

अख्तियार प्रमुखलाई प्रश्न सोध्दा पत्रकार थुनामा

अख्तियार अनुसन्धान आयोगका प्रमुख लोकमानसिंह कार्की बिरुद्ध नारावाजी गरेको आरोपमा विराटनगरमा पक्राउ परेका करिब दुइ दर्जन पत्रकारहरुलाई जिल्ला प्रशासन कार्यालयले माफी माग्दै आज साँझ छाडिदिएको छ । प्रमुख जिल्ला अधिकारी गणेशराज कार्की र जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरिक्षक विश्वराज पोख्रेलले पक्राउ गरेर राखिएका पत्रकारहरुसामु आएर उनीहरुलाई पक्रनु परेकोमा माफी माग्दै रिहा गरीएको बताए । प्रमुख जिल्ला अधिकारी र जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरिक्षकले माफि मागेपछि पत्रकारहरुले प्रशासन विरुद्धको जारी गरेको धर्ना स्थगित गरेका छन् । पत्रकारहरुसँग माफीमाग्दै प्रशासन प्रमुख कार्की र प्रहरी उपरिक्षक पोख्रेलले शान्ति सुरक्षाकोस्थितीलाई मध्यनजर गर्दै पत्रकारलाई नियन्त्रणमा लिन आफूहरु बाध्य भएको बताएका थिए । पत्रकारहरुले अख्तियार प्रमुख कार्कीसँग सुपारीको निर्यात गर्न किन छुट दिएको भन्ने प्रश्न गरेपछि कार्कीले उनीहरुलाई अशिष्ट शब्द प्रयोग गर्दै गालि गरेका थिए । त्यसको विरोधमा पत्रकारहरुले उनी विरुद्ध नारावाजी शुरुगरेपछि उनीहरुलाई प्रसाशनले विराटनगरका २ दर्जन बढी पत्रकारलाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालयमा राखेको थियो। त्यसको विरोधमा पत्रकारहरुले नारावाजी गर्दै धर्ना जारी राखेका थिए ।

यसैविच अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीले मोरङका पत्रकारलाई विराटनगरमा दुर्व्यवहार गरेकोमा नेपाल पत्रकार महासंघ, प्रेस चौतारीलगायत पत्रकारसँग सम्बन्धित संघ संस्थाले विरोध गरेका छन । महासंघ महासचिव ओम शर्माले आज विज्ञप्ती जारी गर्दै अख्तियार दुरुपयोग अनुसन्धान अयोगजस्तो संवैधानिक निकायको प्रमुखबाट पत्रकारमाथि दुर्व्यवहार गरिनु र प्रहरी लगाएर पक्राउ गराउनु प्रेस स्वतन्त्रामाथि ठाडो हस्तक्षेप भएको जनाएको छ ।  अख्तियार प्रमुख कार्कीले पत्रकारहरुलाई अभद्र शब्द प्रयोग गरेको र स्थानिय प्रशासनले पक्राउ गरेको समाचारप्रति नेपाल पत्रकार महासघंले निन्दा गर्दै उनीहरुको रिहाइको माग गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्