उपभोक्तावादिहरु एक भएर लाग्न आवश्यक

उपभोक्तावादिहरु एक भएर लाग्न आवश्यक

सरोकारवाला निकाय र आम उपभोक्ताहरु एक भएर नलागेसम्म उपभोक्ता अधिकार स्थापित हुन नसक्ने एक कार्यक्रमका वक्ताहरुले वताएका छन् । उपभोक्तावादी संस्था पब्लिक फोरम मोरङको आज विराटनगरमा भएको सातौं वार्षिक उत्सव कार्यक्रममा वोल्ने वक्ताहरुले उक्त विचार राखेका हुन् । वक्ताहरुले उपभोक्ताको अधिकार स्थापित हुन नसकेसम्म ब्यवसायीहरु मोटाइ रहने र उपभोक्ताहरु ठगिमा परिरहने भएकोले अधिकार स्थापित गर्न सरोकारवाला निकाय र उपभोक्ता जागरुक भएर लाग्नुपर्नेमा जोड दिए । कार्यक्रममा बक्ताहरुले उपभोक्ताको अधिकार स्थापित गर्न एउटा निकाय, संस्थालेमात्र संम्भव नहुने र उपभोक्ताको अधिकार स्थापित नभएसम्म कालावजारी , ठगी गर्नेहरु मौलाइरहने भएकोले त्यसकालागी स्वयं उपभोक्ता, सरोकारवाला सरकारी निकाय र उपभोक्तावादी संघसंस्थाहरु एक भएर लाग्न जरुरी रहेको बताएका थिए । वक्ताहरुले स्वस्थ्य , गुणस्तर र सहि मुल्यमा उपभोग्य बस्तुहरु प्राप्त गर्न उद्योगी , ब्यवसायीहरुले ब्यवसायीक धर्म निभाउनु पर्ने र उपभोक्ताल ेपनि सचेत भएर आवश्यक सामाग्री खरिद गर्दा मुल्य, उत्पादन मिति, उपभोग गर्ने अन्तिम मिति, तौल जस्ता विषयमा ध्यान दिएर खरिद गर्नुपर्ने बताएका थिए । कार्यक्रममा मोरङका प्रमुख जिल्ला अधिकारी गणेशराज कार्कीले उपभोक्तालाई ठगी गर्नेहरुलाई कार्वाही गर्न आफुले कसैसंग सम्झौता नगर्ने बताउनुभएको छ । उहांले उपभोक्तालाई ठगिनवाट जोगाउन जिल्ला अनुगमन समिति गठन गरि नियमित बजार अनुगमन गर्ने गरिएको र त्यसक्रममा गलत फेला परेका सामाग्रीहरु नष्ट गर्ने र गलत कार्य गर्नेहरुलाई कार्वाही तथा जरिवाना गरीरहेको जानकारी दिनुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्