करिब चार करोडको सुन बरामद

करिब चार करोडको सुन बरामद

goldजिल्ला प्रहरी कार्यलय मोरङले चार करोड मुल्य बराबरको ८ केजी अबैध सुन सहित ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा विराटनगर–११ का ३० वर्षीय चन्द्रशेखर महतो र सोही ठाउंका २५ वर्षीय अमरकुमार महतो , मोरङ रंगेली–१ का ३८ वर्षीय कैलाश सोनी, रहेका छन । विराटनगर–धरान सडक खण्डको मोरङको हात्तिमुढा–८ स्थित नेमुवामा सवारी चेकजांचको क्रममा गए राती सांढे ७ वजे वा १० च ७१०४ नम्वरको निजि सवारी साधनमा सवार उनिहरुको साथवाट करिब चार करोड मुल्य वरावरको ८ केजी सुन बरामद गरेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरिक्षक विश्वराज पोखरेलले जानकारी दिनुभएको छ । उनिहरुले प्रयोग गरेको सवारी साधनवाट प्रहरीले १÷१ केजीको आठवटा सुनको विस्कुट बरामद गरेको हो । जिल्ला प्रहरी कार्यालयमा पत्रकार सम्मेलन गरि उनिहरुलाई सुन सहित सार्वजनिक गर्दै प्रहरी उपरिक्षक पोखरेलले काठमाण्डौको सुन्धारावाट निजी सवारी साधनवाट विराटनगर आउंदै गरेको विषेश सुराकीमा मोरङका प्रहरी नायव उपरिक्षक विरेन्द्रबहादुर शाहीको नेतृत्वको प्रहरी टोलीले उनिहरुलाई चेकजांच गर्ने क्रममा पक्राउ गर्न सफल भएको बताउनु भयो । प्रहरी टोलीले चेकजांच गर्ने क्रममा उक्त सवारी साधनमा सवार सोनीले आफुले लगाएको जुत्ता भित्र लुकाएर राखेको अवस्थामा ४ केजी र चालक योगेन्द्र महतोको खुट्टा राख्ने म्याट मुनि लुकाएर राखेको अवस्थामा ४ केजी सुन फेला पारेको उपरिक्षक पोखरेलले जानकारी दिनुभएको छ । प्रहरीले बरामद सुन, पक्राउ परेका तिनै जना र उनिहरुले प्रयोग गरेको सवारी साधान आवश्यक अनुसन्धान र कार्वाहीको लागी बवब सुनसरीको इटहरी स्थित राजश्व अनुसन्धान कार्यालयमा बुझाएको प्रहरी उपरिक्षक पोखरेलले बताउनु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्