सपना जस्तै पढाई : विद्यार्थी

सपना जस्तै पढाई : विद्यार्थी

बिराटनगर स्थित मेरिल्याण्ड कलेज बिराटनगरले भर्खरै बेलायतको पब्लिक बिश्वबिद्यालय उल्भरह्यामटन सँगको साझेदारीमा बि.बि.ए इन इन्टरनेशनल बिजनेस म्यानेजमेन्टको प्री-युनिभर्सिटी कक्षाहरु संचालनमा  ल्याएको छ ।युनिभर्सिटी कक्षा कार्तिकबाट सुरु हुने भए पनि विद्यार्थीहरुलाई आधारभुत ज्ञान दिनका निम्ती यस्तो कक्षा संचालनमा ल्याइएको कलेजले जानकारी दिएको छ । दक्षिण भारतिय दुइ शिक्षक डा.गुरुतेज र डा.फ्रासिस्काको टोलीले बिधयार्थीहरुलाई बेवस्थापन बिषयको सम्भावना  र यस पढाईलाई आफ्नो जिवनमा कसरी प्रयोग गर्ने भन्ने बारे कक्षा लिइरहनु भएको छ । कक्षामा पढ्एकोको कुरालाई प्रयोगमा ल्याइ दिइने यस किसिमको कक्षा बिद्यार्थीका निम्ती निकै फलदाइ रहेको विद्यार्थीहरुको अनुभव छ । झापा घर भइ  मेरिल्याण्ड कलेज बिराटनगर पढिरहेकी निक्ष्या थापा भन्छिन " यस्तो नया किसिमको पढाई एकदम लाभदाइ छ , यस्ले हाम्रो भित्री ज्ञानलाई निखार्दै लानेछ । लेक्चार , टीउटोरियल र वोर्कशप बिधीबाट पढाई हुने यस प्रकारको कक्षा विद्यार्थीले सपनामा सोचेको जस्तो पढ्ने बिधी भएको बताएका छन । ' सिक्ने सिकाउने बिधीले पनि विद्यार्थीहरुको पढाईमा फरक पर्ने र यस्तो पढाईले स्वावलम्बि बनाइ आफ्नै कम्पनी  खोल्न सकिने ज्ञान दिन्छ ' अर्का विद्यार्थी सुशान्त निरौला बताउछ्न । बेलायतको शिक्षा पद्द्ती अपनाएर पुर्वान्चलका विद्यार्थीलाई पनि बिदेशी शिक्षा लिएका सरह र नेपाली बजारका निम्ती दक्ष जनशक्ती उत्पादनमा मदत पुग्ने कलेजका प्रबन्ध निर्देसक  भेषराज पोखरेल बताउनुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्