नेपाली महिलाद्वारा नै भारतमा बेच्न लागिएकि ८ महिलाको उद्दार

नेपाली महिलाद्वारा नै भारतमा बेच्न लागिएकि ८ महिलाको उद्दार

विराटनगर, २५ भाद्र । अवैधरुपमा भारतको दिल्ली हुंदै कुबेत पुर्याउने भनेर जोगबनीबाट रेल चढाउन लागेकी आठ महिलाहरुको रानी प्रहरी चौकीबाट खटीएका प्रहरीहरुले सोमबार उद्दार गरेका छन् । साना हात नेपाल र भारतको आद्रा इन्डिया नामक गैह्र सरकारी संस्थाको सकृयतामा उनीहरुको उद्दार सफल भएको हो । खोटाङ, नुवाकोट, सिन्धुपाल्चोक र काठमाण्डौ का ति महिलाहरुलाइ वैदेशिक रोजगारमा लगाइदिने प्रलोभनमा पारि भारतमा बेच्न लागेको प्रहरीको प्रारम्भीक अनुसन्धानबाट खुलेको छ । उनीहरुलाइ बेच्ने कार्यमा भुमिका निभाइरहेकी काठमाण्डौ बस्ने अन्दाजी ४० वर्षिया एक महिला भने फरार रहेकि प्रहरीले जनाएको छ । उद्दार गरिएका महिलाहरु हाल साना हात नेपालको संरक्षणमा रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्